Logo

Oct 22 2026 | २०८३, कात्तिक ६गते

images

एकै ब्रोकरमार्फत साढे २ खर्बको सेयर कारोबार, गत आर्थिक वर्षका शीर्ष १० ब्रोकर सार्वजनिक

एकै ब्रोकरमार्फत साढे २ खर्बको सेयर कारोबार, गत आर्थिक वर्षका शीर्ष १० ब्रोकर सार्वजनिक

अर्थ प्लस
एकै ब्रोकरमार्फत साढे २ खर्बको सेयर कारोबार, गत आर्थिक वर्षका शीर्ष १० ब्रोकर सार्वजनिक

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले गत आर्थिक वर्षमा ब्रोकरहरूले गरेका सेयर कारोबारको विस्तृत तथ्यांक सार्वजनिक गरेको छ। सार्वजनिक विवरणअनुसार, सर्वाधिक कारोबार गर्ने शीर्ष १० ब्रोकरहरूमा नासा सेक्युरिटिज, इम्पेरियल सेक्युरिटिज, भिजन सेक्युरिटिज, सनि सेक्युरिटिज, अनलाइन सेक्युरिटिज, आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज, डायनामिक मनि म्यानेजर्स, दिपशिखा धितोपत्र कारोबार कम्पनी, एबीसी सेक्युरिटिज र श्रीहरि सेक्युरिटिज रहेका छन्।

गत आव २०८०/८१ मा सबैभन्दा बढी कारोबार गर्ने ब्रोकर नासा सेक्युरिटिज रह्यो। कम्पनीले सो अवधिमा कुल २ खर्ब ५८ अर्ब ८२ करोड रुपैयाँ बराबरको सेयर कारोबार गरेको हो। जसमध्ये १ खर्ब २९ अर्ब १ करोड रुपैयाँ बराबरको सेयर बिक्री र १ खर्ब २९ अर्ब ४० करोड रुपैयाँ बराबरको सेयर खरिद गरेको देखिन्छ।

नासापछि दोस्रो स्थानमा इम्पेरियल सेक्युरिटिज रहेको छ। उक्त ब्रोकरले १ खर्ब ७० अर्ब रुपैयाँ बराबरको कारोबार गरी दोस्रो स्थान ओगटेको हो।

6880d96c77ca4.png

सम्बन्धित समाचार