Logo

Oct 22 2026 | २०८३, कात्तिक ६गते

images

जानकी केवल इण्डस्ट्रीले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा एनआइसी एशिया क्यापिटल

जानकी केवल इण्डस्ट्रीले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा एनआइसी एशिया क्यापिटल

अर्थ प्लस
जानकी केवल इण्डस्ट्रीले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा एनआइसी एशिया क्यापिटल

काठमाडौं- जानकी केवल इण्डस्ट्रीले आईपीओ निष्कासन गर्ने भएको छ । यसका लागि कम्पनीले एनआईसी एशिया क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकको रूपमा नियुक्त गरेको छ ।

क्षिरेश्वरनाथ नगरपालिका–४, धनुषास्थित कारोवार कार्यालय रहेको जानकी केवल इण्डस्ट्रीले कम्पनीको प्रबन्धपत्र र प्रचलित कानुनअनुसार आईपीओ निष्कासन प्रक्रिया अघि बढाउन एनआईसी क्यापिटलसँग दुई पक्षीय सम्झौता गरेको हो ।

एनआईसी एशिया क्यापिटलले प्रदान गर्दै आएको ‘आइडिया टु आईपीओ’ सेवा अन्तर्गत, कम्पनी स्थापना कालदेखि लिएर सार्वजनिक सेयर निष्कासनसम्मका सम्पूर्ण परामर्श सेवा दिइँदै आएको छ ।

सम्बन्धित समाचार