काठमाडौं। साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा भारी गिरावट आएको छ। कारोबार सुरु भएसँगै सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले ३००० हजार विन्दु पार गरेको थियो।
यसअघि गत आर्थिक वर्षको साउन ३० गते नेप्से ३०००.८१ विन्दुमा पुगेको थियो। सो दिन झण्डै ३० अर्ब रुपैयाँको कीर्तिमानी कारोबारसमेत भएको थियो।
तर, ३००० विन्दु पार गरेको सेयर बजार टिक्न नसकेर गिरावट हुँदै बन्द भएको हो। आइतबार सेयर बजार १८ अंकले गिरावट हुँदै २९६४ विन्दु पुगेर बन्द भएको हो।
सेयर बजार परिसूचकमा गिरावट आए पनि कीर्तिमानी कारोबार भएको छ। आज २६ अर्ब ५७ करोड बराबरको सेयर किनबेच भएको हो। जसमा साढे ५८ कित्ताभन्दा बढी सेयर किनबेच भएको छ।
कारोबारका आधारमा आज तीन कम्पनीले सकारात्मक सर्किट लेभल पार गरेको छ। जसमा समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेड, ट्रेड टावर लिमिटेड र सान्भी इनर्जी लिमिटेड रहेका छन्।
यस्तै, आज कूल ६३ कम्पनीको सेयरको मूल्य वृद्धि हुँदा १८६ कम्पनीको सेयरको मूल्यमा गिरावट आएको छ। आज सान्भी इनर्जी लिमिटेड कम्पनीको सेयर एक अर्बभन्दा बढी मूल्यको कारोबार भएको छ।
