Logo

Oct 22 2026 | २०८३, कात्तिक ६गते

images

बैंकको लचिलो नीति र लगानीकर्ता आत्मविश्वासले बजारमा नयाँ ऊर्जा, यस्तो छ विश्लेषकहरूको विश्लेषण

बैंकको लचिलो नीति र लगानीकर्ता आत्मविश्वासले बजारमा नयाँ ऊर्जा, यस्तो छ विश्लेषकहरूको विश्लेषण

अर्थ प्लस
बैंकको लचिलो नीति र लगानीकर्ता आत्मविश्वासले बजारमा नयाँ ऊर्जा, यस्तो छ विश्लेषकहरूको विश्लेषण

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आव २०८२/८३ को मौद्रिक नीति सेयरबजारमैत्री देखिएपछि बजारमा पुनः बुलिस सेन्टिमेन्ट देखिन थालेको छ। लगानीकर्ताहरुमा नयाँ उत्साह थपिएसँगै बजार लय समात्दै अगाडि बढ्न थालेको छ।

सेयरबजारमा साउन–भदौ महिनालाई परम्परागत रूपमा सकारात्मक सिजन मानिँदै आएको छ। विगत वर्षहरूमा पनि यो समयमा बजारमा उत्साहजनक वृद्धि देखिँदै आएको थियो। यस वर्ष पनि इतिहास दोहोर्याउने सम्भावनामा बजार जानकारहरू आशावादी देखिएका छन्।

नयाँ उचाइतर्फ बजारको सम्भावना

२०७८ सालको भदौमा नेप्से परिसूचकले ३२ सय विन्दु छुने ऐतिहासिक कीर्तिमान बनाएको थियो। तर त्यसपछि राष्ट्र बैंकको कडाइपूर्ण नीतिहरू र आर्थिक संकटका कारण परिसूचक १८ सय विन्दुसम्म घटेको थियो। अहिले भने लगानीकर्ताहरू नेप्सेले ३२ सयको विन्दु पुनः पार गर्ने र त्यसभन्दा माथि जाने अपेक्षा गरिरहेका छन्।

केन्द्रीय बैंकले हालै सार्वजनिक गरेको मौद्रिक नीतिमा व्यक्तिगत सेयर धितो कर्जाको सीमा १५ करोड रुपैयाँबाट बढाएर २५ करोड रुपैयाँ पुर्‍याएको छ। यसले बजारमा तरलता बढाएको र लगानीकर्ताको मनोबल उच्च बनाएको विश्लेषण गरिएको छ।

बजार विश्लेषकको दृष्टिकोण

बजार विश्लेषक प्रकाश रजौरेका अनुसार मौद्रिक नीति सकारात्मक भएकाले बजार अझै माथि उक्लिने सम्भावना बलियो छ। ‘बजार लगानीकर्ताको भावना र आत्मविश्वाससँग जोडिएको हुन्छ। अहिलेको अवस्थामा सकारात्मक नीति र सस्तो ब्याजदरले बजारमा नयाँ ऊर्जा थपिएको छ,’ उनले भने।

उनले इलिअट वेभ सिद्धान्तको आधारमा बजारले बुलिस ट्रेन्डमा पाँच चरण पार गर्ने उल्लेख गर्दै अहिले दोस्रो करेक्सन पछि बजार पुनः उचाइतर्फ उन्मुख हुने विश्वास व्यक्त गरे। ‘बजारले साना–साना करेक्सन गर्दै ३२ सयको विन्दु पार गर्नेछ, त्यसपछि पुनः करेक्सन भएर दीर्घकालीन वृद्धि सम्भव छ,’ उनले स्पष्ट पारे।

प्राविधिक विश्लेषकको धारणा

प्राविधिक विश्लेषक सुवासचन्द्र ढुंगानाका अनुसार बजारले बुलिस ट्रेन्डमा प्रवेश गरिसकेको छ र समयक्रममा ३२ सयको विन्दु पार गर्ने सम्भावना देखिन्छ। ‘यद्यपि बजारले लगानीकर्ताको भावना अनुसार चल्ने भएकाले कुनै निश्चित पूर्वानुमान गर्न गाह्रो हुन्छ,’ उनले भने।

निष्कर्ष

विगतका तुलनामा अहिलेको मौद्रिक नीति र बैंकिङ क्षेत्रको तरलता स्थिति सकारात्मक रहेकोले बजारमा दीर्घकालीन वृद्धिको सम्भावना देखिएको छ। लगानीकर्ताको आत्मविश्वास र बजारप्रति सकारात्मक धारणा कायम रहेमा नेप्से परिसूचकले ३२ सयको विन्दु पार गर्दै नयाँ रेकर्ड बनाउन सक्ने प्रबल सम्भावना देखिन्छ।

सम्बन्धित समाचार