Logo

Oct 22 2026 | २०८३, कात्तिक ६गते

images

राप्ती हाईड्रोपावरले ७.०४ लाख अवितरित हकप्रद सेयर आजदेखि निष्कासनमा ल्याउँदै

राप्ती हाईड्रोपावरले ७.०४ लाख अवितरित हकप्रद सेयर आजदेखि निष्कासनमा ल्याउँदै

अर्थ प्लस
राप्ती हाईड्रोपावरले ७.०४ लाख अवितरित हकप्रद सेयर आजदेखि निष्कासनमा ल्याउँदै

काठमाण्डौ, साउन १३ । राप्ती हाईड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले आजदेखि ७ लाख कित्ता बढी अवितरित हकप्रद सेयर बोलकबोल प्रक्रियामार्फत बिक्रीमा राखेको छ । कम्पनीले गत असार १ गतेदेखि २४ गतेसम्म १ः१ अनुपातमा निष्कासन गरेको हकप्रदमा आवेदन नपरेको ७ लाख ४ हजार १११ कित्ता सेयर लिलामीमातर्फ बिक्रीमा राखेको हो ।  

कुल सेयरमध्ये सर्वसाधारण समूहको ५ लाख ६४ हजार १० कित्ता र सर्वसाधारण समूहतर्फको लकइनमा रहेको १ लाख ४० हजार १०१ कित्ता रहेको छ ।  

यो सेयर खरिदका लागि जो सुकै व्यक्ति,कम्पनी वा संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् । सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । बोलकबोल पेश गर्दा न्यूनतम १०० कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन पेश गर्न सकिने कम्पनीले जनाएको छ ।  

लगानीकर्ताले मुक्तिनाथ क्यापिटल, मुक्तिनाथ विकास बैंकको शाखा कार्यालयहरु,ठिमी–भक्तपुर,कुमारीपाटी–ललितपुर, विर्तामोड, विराटनगर,विरगञ्ज, जनकपुर,हेटौडा, नारायणगढ,पोखरा, बाग्लुङ,बुटवल, घोराही, नेपालगञ्ज, विरेन्द्रनगर,धनगढी र महेन्द्रनगरबाट आवेदन पेश गर्न सक्नेछन् ।  

बोलपत्र आवेदन पेश गर्ने अन्तिम मिति साउन २० गते रहेको छ । 

सम्बन्धित समाचार