Logo

Oct 22 2026 | २०८३, कात्तिक ६गते

images

झापा इनर्जीले आईपीओ बिक्री खुलायो

झापा इनर्जीले आईपीओ बिक्री खुलायो

अर्थ प्लस
झापा इनर्जीले आईपीओ बिक्री खुलायो

काठमाडौं। झापा इनर्जीले आजदेखि सेयरको प्रारम्भिक निष्कासन (आईपीओ) बिक्री खुलाएको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ खुलाएको हो। 

कम्पनीले आयोजना प्रभावित स्थानीयलाई ३ लाख ८० हजार १९० कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ५७ हजार २९ कित्ता आईपीओ निष्कासन गरेको हो।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ९ लाख ५० हजार ४७५ कित्ता आईपीओ निष्कासन गर्न धितोपत्र बोर्डबाट असार ३१ मा अनुमति पाएको थियो।

आयोजना प्रभावितलाई छुट्याइएको आईपीओको आधा अर्थात् १ लाख ९० हजार ९५ कित्ता झापाको शिवसताक्षी नगरपालिका वडा–४ मा रहेको आयोजनाको १०० मिटर वरपर बस्ने नागरिकले र बाँकी १ लाख ९० हजार ९५ कित्ता सोही नगरपालिकाको आयोजनाको १०० मिटर वरपर क्षेत्रबाहेकमा बस्नेले आवेदन दिन सक्नेछन्।

आईपीओ न्यूनतम १० देखि अधिकतम ५ हजार कित्तासम्ममा आवेदन सकिनेछ।

आयोजना प्रभावितले साउन १४ देखि २८ सम्म आवेदन दिन सक्नेछन् भने सो अवधिमा पर्याप्त आवेदन नपरे भदौ १२ सम्म र वैदेशिक रोजगारीमा रहेकाले साउन १४ देखि १८ सम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ। 

कम्पनीले ईक्रा नेपाल लिमिटेडबाट ‘ईक्राएनपी–आईआर बी माइनस’ रेटिङ पाएको छ। यसले समयमै वित्तीय दायित्व पूरा गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्छ।

कम्पनीले सञ्चालन गरेको १० मेगावाटको ग्रीडमा आबद्ध सौर्य विद्युत आयोजनाको कुल अनुमानित लागत ८७ करोड ९० लाख छ भने प्रतिमेगावाट लागत ८ करोड ७९ लाख रहेको छ। कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल रहेको छ।

सम्बन्धित समाचार