Logo

Oct 22 2026 | २०८३, कात्तिक ६गते

images

नेप्सेमा उच्च अंकको गिरावट, १६ अर्ब ४४ करोडमा झर्‍यो कारोबार

नेप्सेमा उच्च अंकको गिरावट, १६ अर्ब ४४ करोडमा झर्‍यो कारोबार

अर्थ प्लस
नेप्सेमा उच्च अंकको गिरावट, १६ अर्ब ४४ करोडमा झर्‍यो कारोबार

काठमाडौं- साताको चौथो कारोबार दिन सेयर बजार नेप्से परिसूचक ४७.९३ अंकले घटेर २९५४.१४ को विन्दुमा झरेको हो।

नेप्सेमा यसदिन ३२७ कम्पनीको ३ करोड ६४ लाख १७ हजार ७४२ कित्ता सेयर किनबेच हुँदा १६ अर्ब ४४ करोडमाथिको सेयर कारोबार भएको छ । 

आज सान्भी इनर्जीका लगानीकर्ताले सर्वाधिक १० प्रतिशतका दरले कमाएका छन् । यस्तै, ट्रेड टावर कम्पनीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाउँदा समता घरेलु लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ६.७४ प्रतिशतका दरले कमाएका छन् ।

ग्रिन डेभलपमेन्ट बैंकका लगानीकर्ताले आज सर्वाधिक ८ प्रतिशतका दरले गुमाए ।

यसदिन हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक १ अर्ब ३२ करोड माथिको सेयर कारोबार भएको छ । दोस्रोमा हिमालयन डिष्टिलरीको ७३ करोड २९ लाख रुपैयाँ र तेस्रोमा शिवम् सिमेन्टको ५७ करोड ३३ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
 

सम्बन्धित समाचार