Logo

Oct 22 2026 | २०८३, कात्तिक ६गते

images

दरमखोला हाईड्रोपावरको आईपीओ बिक्री खुला, सर्वसाधारणले आजैदेखि आवेदन दिन सक्ने

दरमखोला हाईड्रोपावरको आईपीओ बिक्री खुला, सर्वसाधारणले आजैदेखि आवेदन दिन सक्ने

अर्थ प्लस
दरमखोला हाईड्रोपावरको आईपीओ बिक्री खुला, सर्वसाधारणले आजैदेखि आवेदन दिन सक्ने

काठमाण्डौ । दरमखोला हाईड्रो इनर्जी लिमिटेडले आजदेखि आईपीओको बिक्री आवेदन खुला गरेको छ  । कम्पनीले आम सर्वसाधारणका लागि जारीपूँजीको २८.३३ प्रतिशत अर्थात २९ लाख १९ हजार ५ सय कित्ता सेयर जारी गर्न लागेको हो ।  

कम्पनीले गत जेठ २० गते प्रति सेयर रू। १०० अंकित दरका ३९ करोड ५० लाख रुपैयाँबराबरको ३९ लाख ५० हजार कित्ता साधारण सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।  

जसमध्ये जसमध्ये जारीपूँजीको १० प्रतिशत अर्थात रु. १०० अंकित दरका १० लाख ३० हजार ५ सय कित्ता आयोजना प्रभावित क्षेत्र गुल्मि जिल्ला मुसिकोट नगरपालिका, बाग्लुङ जिल्ला गलकोट नगरपालिका, बाग्लुङ जिल्ला बडिगाड गाउँपालिकाका स्थानिय वासिन्दाहरुका लागि र सर्वसाधारणका लागि छुट्टाइएको सेयरमध्येको १० प्रतिशत अर्थात रु। १०० अंकित दरका ५८ हजार ३९० कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीहरुका लागि गत असार ९ गतेदेखि असार २३ गतेसम्म जारी गरिएको थियो ।  

पहिलो चरणअन्तर्गत आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारमा रहेका लागि जारी गरिसकेपछि अब कम्पनीले आम सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको हो । आम सर्वसाधारणले यो आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।  लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनले तोकेका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।  

यसका साथै  लगानीकर्ताले मेरो सेयरबाट समेत आवेदन दिन सक्नेछन्। यो आईपीओ निष्काशन बन्द छिटोमा साउन १९ गते  र ढिलोमा साउन २९ गते हुनेछ।कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा लक्ष्मी सनराइज क्यापिटल  लिमिटेड रहेको छ ।  

सम्बन्धित समाचार