काठमाडौं। साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार गिरावट आएको छ।
बुधबार ४८ अंकले गिरावट भएको नेपाल स्टक एक्चेञ्ज (नेप्से) आज ३१.५० अंकले गिरावट आएको हो। योसँगै सेयर बजार २९२२.६३ विन्दुमा पुगेर बन्द भएको छ।
आज कारोबार रकम पनि घटेकाे छ। अघिल्लो दिनको तुलनामा घटेकाे कारोबार रकम आज १५ अर्ब ९८ कराेड पुगेको हो। यसअघि बुधबार १६ अर्ब ४४ करोडभन्दा बढी कारोबार रकम पुगेकाे थियाे।
कारोबारका आधारमा आज ५२ कम्पनीको सेयर मूल्य वृद्धि हुँदा १९८ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ।
