काठमाडाैं। नारायणी डेभलपमेन्ट बैंकले हकप्रद सेयर निष्काशन गर्ने अनुमति पाएकाे छ। नेपाल धितोपत्र बोर्डले बैंकलाई १ बराबर १ अनुपातमा हकप्रद सेयर निष्काशन गर्न अनुमति दिएको हाे।
साे अनुमति पाएसँगै बैंकले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका २६ करोड २४ लाख ६७ हजार ७०० रुपैयाँबराबरको २६ लाख २४ हजार ६७७ कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।
