Logo

Oct 22 2026 | २०८३, कात्तिक ६गते

images

लक-इन अवधि समाप्त : श्वेत गंगा हाईड्रोको ९६.८९ लाख कित्ता सेयर अब कारोबारयोग्य

लक-इन अवधि समाप्त : श्वेत गंगा हाईड्रोको ९६.८९ लाख कित्ता सेयर अब कारोबारयोग्य

अर्थ प्लस
लक-इन अवधि समाप्त : श्वेत गंगा हाईड्रोको ९६.८९ लाख कित्ता सेयर अब कारोबारयोग्य

काठमाण्डौ । श्वेत गंगा  हाईड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडको लक इन समयावधि समाप्त भएको छ । कम्पनीको कुल ९६ लाख ८९ हजार ५०० कित्ता सेयरको लक इन अवधि साउन १७ गते समाप्त भएको हो ।  

उक्त मितिमा कम्पनीको संस्थापक सेयर, आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि बाँडफाँड गरिएको तथा कर्मचारीका लागि सुरक्षित गरिएको सेयरको लक इन अवधि समाप्त भएको हो ।  

लक इन अवधि खुलेको कुल सेयरमा ७३ लाख कित्ता संस्थापक सेयर, आयोजना क्षेत्रका स्थानिय बासिन्दालाई बाँडफाँड गरिएको १५ लाख ९३ हजार कित्ता र कर्मचारीका लागि सुरक्षित गरिएको ७ लाख ९६ हजार ५०० कित्ता रहेको छ ।  

कम्पनीका सञ्चालक तथा उच्च व्यवस्थापकिय पदमा कार्यरत कर्मचारीहरुको हकमा नियमानुसार सेयर रोक्का रहने कम्पनीले जनाएको छ । 

सम्बन्धित समाचार