Logo

Oct 22 2026 | २०८३, कात्तिक ६गते

images

२.२५ करोड घाटासहित बुद्धभूमि हाईड्रोको संचित मुनाफा १०.४७ करोड ऋणात्मकमा

२.२५ करोड घाटासहित बुद्धभूमि हाईड्रोको संचित मुनाफा १०.४७ करोड ऋणात्मकमा

अर्थ प्लस
२.२५ करोड घाटासहित बुद्धभूमि हाईड्रोको संचित मुनाफा १०.४७ करोड ऋणात्मकमा

काठमाण्डौ । आम्दानी घटेसँगै र खर्च वृद्धि भएसँगै बुद्धभुमी नेपाल हाईड्रोपावर कम्पनी लिमिटेडको घाटा झनै बढेको छ । कम्पनीले गत आवको चौथो त्रैमाससम्म २ करोड २५ लाख रुपैयाँ घाटा व्यहोरेको छ । अघिल्लो आवको सोही अवधिसम्म कम्पनीको घाटा १ करोड ४९ लाख रुपैयाँ थियो ।  

कम्पनीको विद्युत बिक्री आम्दानी घटेको छ । अघिल्लो आवको चौथो त्रैमाससम्म १४ करोड ८८ लाख रुपैयाँ रहेको कम्पनीको विद्युत बिक्री आम्दानी घटेर १४ करोड ३७ लाख रुपैयाँमा सीमित बनेको छ । कम्पनीले यो अवधिमा १३ लाख ९३ हजार रुपैयाँबराबरको अन्य आम्दानी गरेको छ ।  

कम्पनीको कुल खर्च बढेको छ । कम्पनीले समीक्षा अवधिसम्ममा ७ करोड २६ लाख रुपैयाँबराबरको कुल खर्च गरेको छ । अघिल्लो आवमा कम्पनीको कुल खर्च ६ करोड २७ लाख रुपैयाँ थियो ।  

कम्पनीको वित्त खर्च भने घटेको छ । कम्पनीको वित्त खर्च ८ करोड ७५ लाख रुपैयाँ रहेको छ । अघिल्लो आवमा कम्पनीको वित्त खर्च ९ करोड ५६ लाख थियो यो अवधिमा कम्पनीको रिटेन्ड अर्निङ १० करोड ४७ लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ ।  कम्पनीको चुक्तापूँजी ४० करोड रुपैयाँबराबर रहेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(त्रैमासिक)५.६५ रुपैयाँ ऋणात्मक ,प्रतिसेयर नेटवर्थ ७७.१४ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य ३४१.६४ रुपैयाँ र तरलता अनुपात ०.४३ प्रतिशत कायम भएको छ ।   

सम्बन्धित समाचार