Logo

Oct 22 2026 | २०८३, कात्तिक ६गते

images

नेप्सेमा १६.६५ अंकको वृद्धि, कारोबार रकम भने १० अर्ब ८२ करोडमा झर्‍यो

नेप्सेमा १६.६५ अंकको वृद्धि, कारोबार रकम भने १० अर्ब ८२ करोडमा झर्‍यो

अर्थ प्लस
नेप्सेमा १६.६५ अंकको वृद्धि, कारोबार रकम भने १० अर्ब ८२ करोडमा झर्‍यो

काठमाडौं- साताको दोस्रो कारोबार दिन सेयर बजार नेप्से परिसचक १६.६५ अंकले बढेर २८७५.५५ को विन्दुमा कायम भएको छ ।

नेप्सेमा यसदिन ३२५ कम्पनीको २ करोड ७१ लख ६९ हजार ७५५ कित्ता सेयर किनबेच हुँदा १० अर्ब ८२ करोड माथिको सेयर कारोबार भएको छ । 

आज सिक्लेस हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक ५.७३ प्रतिशतका दरले कमाएका छन् । यस्तै श्वत गंगा हाइड्रोपावरका लगानीकर्ताले ५.१२ प्रतिशतका दरले कमाएका छन् ।

आज ट्रेड टावरका लगानीकर्ताले सर्वाधिक १० प्रतिशतका दरले गुमाएका छन् । 

यस दिन हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक ५५ करोड ९६ लाख रुपैयाँको सेयर कारोबार भएको छ । दोस्रोमा शिवम् सिमेन्टको ४३ करोड ६४ लाख रुपैयाँ र तेस्रोमा हिमालयन डिष्टिलरीको ३७ करोड ५८ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

सम्बन्धित समाचार