Logo

Oct 22 2026 | २०८३, कात्तिक ६गते

images

नबिल इन्भेष्टमेन्टले साउन ३० गतेदेखि ‘एनआई ३१ योजना’ इकाई निष्कासन गर्ने

नबिल इन्भेष्टमेन्टले साउन ३० गतेदेखि ‘एनआई ३१ योजना’ इकाई निष्कासन गर्ने

अर्थ प्लस
नबिल इन्भेष्टमेन्टले साउन ३० गतेदेखि  ‘एनआई ३१ योजना’ इकाई निष्कासन गर्ने

काठमाडौं- नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले साउन ३० गतेदेखि नबिल म्युचुअल फण्ड अन्तर्गत दोस्रो खुलामुखी सामुहिक लगानी कोष योजना ‘एनआई ३१ योजना’को इकाई निष्कासन गर्ने भएको छ।

२५ करोड रुपैयाँको कोष आकार रहेको यस योजनामा १० रुपैयाँ अंकित दरमा २ करोड ५० लाख इकाईहरु निष्कासन गरिनेछ। यसमध्ये ३७ लाख ५० हजार इकाई व्यवस्थापक कम्पनीका लागि सुरक्षित राखिएको छ भने १ करोड १२ लाख ५० हजार इकाई पहिलो चरणमा सर्वसाधारणका लागि बिक्री खुला गरिनेछ।

सर्वसाधारण लगानीकर्ताले न्यूनतम १०० इकाई देखि अधिकतम २५ लाख इकाईसम्म आवेदन दिन सक्नेछन्।यस इकाईमा आवेदन दिने अन्तिम म्याद छिटोमा भदौ ३ र ढिलोमा भदौ १३ सम्म रहनेछ।

‘एनआई ३१ योजना’ले पुँजीबजारमा बजारमा सूचीकृत ३१ वटा उत्कृष्ट (ब्लुचिप) कम्पनीहरूमा मात्र लगानी गर्नेछ, जसले आकर्षक दीर्घकालीन प्रतिफल दिने उदेश्य राखेको छ।

यसअघि नै सफलतापूर्वक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले ‘नबिल इक्विटी फण्ड’ सञ्चालन गरिसकेको छ।

सम्बन्धित समाचार