Logo

Oct 22 2026 | २०८३, कात्तिक ६गते

images

मिड सोलु हाईड्रोपावरको वित्तीय प्रदर्शनमा ठूलो उछाल, नाफा र रिजर्भ दुवैमा उच्च वृद्धि

मिड सोलु हाईड्रोपावरको वित्तीय प्रदर्शनमा ठूलो उछाल, नाफा र रिजर्भ दुवैमा उच्च वृद्धि

अर्थ प्लस
मिड सोलु हाईड्रोपावरको वित्तीय प्रदर्शनमा ठूलो उछाल, नाफा र रिजर्भ दुवैमा उच्च वृद्धि

काठमाण्डौ । मिड सोलु हाईड्रोपावर लिमिटेडले गत आवको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । प्रकाशित वित्तीय विवरणअनुसार कम्पनीले १३ करोड २१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ४८९.९४ प्रतिशतले बढी हो ।  

अघिल्लो आवको चौथो त्रैमाससम्म कम्पनीले २ करोड २३ लाख रुपैयाँ मात्रै नाफा आर्जन गरेको थियो ।  

यो अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी पनि १८.४६ प्रतिशतले बढेको छ । अघिल्लो आवमा २६ करोड ६५ लाख रुपैयाँ रहेको विद्युत बिक्री आम्दानी बढेर ३१ करोड ५७ लाख रुपैयाँ पुगेको छ ।  

यस्तै कम्पनीले ३ करोड २२ लाख रुपैयाँबराबरको अन्य आम्दानी गरेको छ । अघिल्लो आवमा भने कम्पनीले २ लाख २० हजार रुपैयाँ मात्रै अन्य आम्दानी गरेको थियो ।  

कम्पनीको वित्त खर्चमा गिरावट आएको छ । अघिल्लो आवमा १४ करोड ५ लाख रुपैयाँ रहेको वित्त खर्च घटेर ९ करोड ४४ लाखमा सीमित बनेको छ । यस्तै प्रशासनिक तथा अन्य खर्च ५० लाख ८० हजारबाट घटेर ४९ लाख ५० हजार र कर्मचारी खर्च १ करोड २३ लाखबाट घटेर १ करोड ५ लाखमा सीमित बनेको छ ।  

कम्पनीको रिजर्भको आकारमा उछाल आएको छ । रिजर्भको आकार ७०३.६३ प्रतिशतले बढेर १५ करोड ९ लाख रुपैयाँ पुगेको छ ।  

कम्पनीको कुल चालु सम्पत्ति २२ करोड १६ लाख र कुल चालु दायित्व ४ करोड १२ लाख रुपैयाँ कायम भएको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी १७.६६ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १२०.१७ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य २९४.३१ रुपैयाँ र मूल्य आम्दानी अनुपात ५१.९३ गुणा कायम भएको छ ।  

सम्बन्धित समाचार