Logo

Oct 22 2026 | २०८३, कात्तिक ६गते

images

सोपान फर्मास्युटिकल्सले आईपीओ निष्कासन गर्ने

सोपान फर्मास्युटिकल्सले आईपीओ निष्कासन गर्ने

अर्थ प्लस
सोपान फर्मास्युटिकल्सले आईपीओ निष्कासन गर्ने

काठमाण्ण्डौ । सोपान फर्मास्युटिकल्स लिमिटेडले आईपीओको प्रस्ताव पारित गर्न साधारण सभा डाकेको छ ।  साउन २१ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको १६ औं साधारण सभा डाकेको हो ।  

उक्त सभा आगामी भदौ १५ गते ललितपुरमा रहेको आँगन भेन्यू एण्ड रेष्टुरेन्टमा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभामा सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने र प्रबनधपत्र तथा नियमावलीमा संशोधन गर्ने विषयमा निमयनकारी निकायबाट कुनै निर्देशन प्राप्त भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विेशष प्रस्ताव पारित गरिनेछ ।  

यस्तै सभामा गत आवको वार्षिक प्रतिवेदन तथा सो अवधिको वित्तीय विवरणहरु समेत पारित गरिनेछ । 

सम्बन्धित समाचार