Logo

Oct 22 2026 | २०८३, कात्तिक ६गते

images

मार्जिन कारोबार नीतिमा सुधार तयारी, धितोपत्र बोर्डको ब्रोकरहरूसँग परामर्श

मार्जिन कारोबार नीतिमा सुधार तयारी, धितोपत्र बोर्डको ब्रोकरहरूसँग परामर्श

अर्थ प्लस
मार्जिन कारोबार नीतिमा सुधार तयारी, धितोपत्र बोर्डको ब्रोकरहरूसँग परामर्श

काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले मार्जिन कारोबारको विषयमा स्टक ब्रोकर एसोसियसन अफ नेपालसँग सुझाव मागेको छ । स्टक ब्रोकर एसोसियसन अफ नेपालका अध्यक्ष सागर ढकालले दिएको जानकारी अनुसार गत साता धितोपत्र बोर्डले एसोसियसनसँग आवश्यक सुझाव मागेको हो । स्टक ब्रोकर एसोसियनले छिट्टै छलफल गरेर यस विषयमा बोर्डलाई जबाफ पठाउने अध्यक्ष ढकालले जानकारी दिए ।  

ब्रोकरहरुले सेयर कर्जा परिचालन गर्न ऐनको अभाव रहेको बताउँदै आएका छन् । कर्जा परिचालन गर्नु पहिले कर्जा उठाउने ऐन , स्रोतको पहिचान तथा ग्रहाकले गरेको कारोबार रेगुलर हो वा कर्जामार्फत गरेको हो भन्ने छुट्टाउन छुट्टै सिस्टम आबश्यक रहेको ब्रोकरहरुले बताउँदै आएका छन् ।  

यस अघि नै  नेपाल धितोपत्र बोर्डले ब्रोकरहरुको दायरा फराकिलो बनाएको छ । धितोपत्र नियमावली २०८२ लागू गर्दै धितापत्र दलाल व्यवसायीहरुको कार्यक्षेत्र बिस्तार गरेको थियो ।  

धितोपत्र बोर्डका प्रवक्ता निरञ्जय घिमिेरेले दिएको जानकारी अनुसार अब सबै २० करोड पूँजी भएका ब्रोकरहरुले मार्जिन कारोबारको सुबिधा दिन सक्नेछन् । यसको लागि कार्यविधि भने बनिसकेको अवस्था छैन । हालको पुरानो कार्यविधिलाई धितोपत्र बोर्डले केही परिमार्जन गर्नुपर्ने स्टक ब्रोकर एसोशियसन अफ नेपालका अध्यक्ष सागर ढकालले जानकारी दिए ।  

ब्रोकरमार्फत पाइने मार्जिन कारोबार भनेको लगानीकर्ताबाट कम्तीमा ३० प्रतिशत नगद  नै लिएर निश्चित समयावधिका लागि निश्चित रकम निश्चित ब्याजदरमा उपलब्ध गराइन्छ ।  

धितोपत्र बोर्डका प्रवक्ता निरञ्जय घिमिरेले मार्जिन कारोबारको विषयमा स्टक ब्रोकर एशोसियसन, सीडपीएससी र नेप्सेसँग पनि राय सुझाव माग गरिएको जानकारी दिए । 

सम्बन्धित समाचार