Logo

Oct 22 2026 | २०८३, कात्तिक ६गते

images

नाफा र इपीएस दुवैमा वृद्धि, नेपाल हाइड्रो डेभलोपरको वित्तीय अवस्था बलियो

नाफा र इपीएस दुवैमा वृद्धि, नेपाल हाइड्रो डेभलोपरको वित्तीय अवस्था बलियो

अर्थ प्लस
नाफा र इपीएस दुवैमा वृद्धि, नेपाल हाइड्रो डेभलोपरको वित्तीय अवस्था बलियो

काठमाण्डौ । नेपाल हाइड्रो डेभलोपर लिमिटेडले गत आवमा ५ करोड ३४ लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफा अघिल्लो आवको तुलनामा ३३.१८ प्रतिशत बढी हो । अघिल्लो आवमा यो कम्पनीले ४ करोड १ लाख रुपैयाँ मात्रै नाफा कमाएको थियो । कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी बढेसँगै नाफामा सुधार देखिएको हो । 

कम्पनीले गत आवमा बिजुली बेचेर १० करोड ८१ लाख रुपैयाँ आम्दानी गरेको छ । जुन यो अघिल्लो आवको तुलनामा १३.७४ प्रतिशत बढी हो । अघिल्लो आवमा यो कम्पनीले विद्युत बिक्रीबाट ९ करोड ५० लाख रुपैयाँ मात्रै आम्दानी गरेको थियो । 

कम्पनीको चुक्तापूँजी ३८ करोड ८१ लाख रुपैयाँ रहेकोमा रिभर्ज फण्डको आकार ३७.८६ प्रतिशतले बढेर ८ करोड ४१ लाख रुपैयाँ संचित गरेको छ । कम्पनीको इपीएस ११.१६ रुपैयाँबाट बढेर १३.७७ रुपैयाँ पुगेको छ भने प्रतिसेयर नेटवर्थ १२१.६७ रुपैयाँ, पीई रेसियो ४९.१६ रुपैयाँ र आरओई ८.७९ प्रतिशत रहेको छ।

सम्बन्धित समाचार