Logo

Oct 22 2026 | २०८३, कात्तिक ६गते

images

नाफा कमाए पनि पोखरा फाइनान्सको वितरणयोग्य मुनाफा १ अर्ब ५६ करोड ऋणात्मक

नाफा कमाए पनि पोखरा फाइनान्सको वितरणयोग्य मुनाफा १ अर्ब ५६ करोड ऋणात्मक

अर्थ प्लस
नाफा कमाए पनि पोखरा फाइनान्सको वितरणयोग्य मुनाफा १ अर्ब ५६ करोड ऋणात्मक

काठमाण्डौ । अघिल्लो आवको चौथो त्रैमाससम्म घाटामा रहेको पोखरा फाइनान्स कम्पनी लिमिटेडले नाफा आर्जन गर्न सफल भएको छ । कम्पनीले गत आवको चौथो त्रैमाससम्ममा ११ करोड ३९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनी १० करोड ६४ लाख रुपैयाँ घाटामा थियो ।  

कम्पनीले २६ करोड ६० लाख रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा १३.७४ प्रतिशतले कम हो । अघिल्लो आवमा यस्तो रकम ३ण् करोड ८४ लाख रुपैयाँ थियो । कम्पनीको खुद शुल्क तथा कमिशन आम्दानी पनि १ करोड ९१ लाख रुपैयाँबाट घटेर ५५ लाख ५१ हजारमा सीमित बनेको छ ।  

कम्पनीको निक्षेप संकलन भने १३ अर्ब १९ करोडबाट घटेर ७ अर्ब १२ करोड रुपैयाँमा खुम्चिएको छ । कर्जा प्रवाह पनि ६ अर्ब ८८ करोड रुपैयाँबाट घटेर ४ अर्ब ८१ करोडमा सीमित बनेको छ । कम्पनीको खराब कर्जा अनुपात २९.०६ रुपैयाँ रहेको छ । कम्पनीको इम्पेयरमेन्ट चार्ज २८ करोड १८ लाख रुपैयाँले रिभर्सल भएको छ ।  

कम्पनीको वितरणयोग्य मुनाफा १ अर्ब ५६ करोड रुपैयाँले ऋणात्मक र लाभांश क्षमता पनि १४४.१२ प्रतिशतले ऋणात्मक रहेको छ ।    

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)१०.५२ रुपैयाँ ,प्रतिसेयर नेटवर्थ ५३.६९ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य ७३१.८६ रुपैयाँ, मूल्य आम्दानी अनुपात ४१ गुणा र तरलता अनुपात २५.०८ प्रतिशत कायम भएको छ ।  

सम्बन्धित समाचार