Logo

Oct 22 2026 | २०८३, कात्तिक ६गते

images

आम्दानी घट्दा इमर्जिङ नेपालको नाफा ६०% ले घट्यो

आम्दानी घट्दा इमर्जिङ नेपालको नाफा ६०% ले घट्यो

अर्थ प्लस
आम्दानी घट्दा इमर्जिङ नेपालको नाफा ६०% ले घट्यो

काठमाण्डौ । इमर्जिङ नेपाल लिमिटेडको आम्दानी घटेसँगै नाफामा गिरावट आएको छ । कम्पनीले गत आवको चौथो त्रैमाससम्म ५९ लाख ४९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो  रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ६० प्रतिशतले कम हो । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीको खुद नाफा १ करोड ८७ लाख रुपैयाँ थियो ।  

समीक्षा अवधिसम्म कम्पनीले १ करोड ४६ लाख आम्दानी गरेको छ । जुन अघिल्लो आवको तुलनामा ४५.२४ प्रतिशतले कम हो ।  

यो अवधिसम्म कम्पनीको प्रशासनिक खर्च २९ लाख १५ हजार रुपैयाँ र कर्मचारी खर्च ५३ लाख ४० हजार रुपैयाँ रहेको छ ।  

कम्पनीको रिजर्भ बढेको । अघिल्लो आवसम्म ३ करोड ९७ लाख रुपैयाँ रहेको रिजर्भ  बढेर ४ करोड ९२ लाख रुपैयाँ पुगेको छ । कम्पनीको चुक्तापूँजी ५५ करोड ५६ लाख रुपैयाँ रहेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) १.०७१ रुपैयाँ,प्रतिसेयर नेटवर्थ १०८.८६ रुपैयाँ प्रतिसेयर  कुल सम्पत्तिको मूल्य ११०.३१ रुपैयाँ र मूल्य आम्दानी अनुपात १०२६.३३ गुणा कायम भएको छ ।      

सम्बन्धित समाचार