Logo

Oct 22 2026 | २०८३, कात्तिक ६गते

images

४८.७२ करोड घाटामा रसुवागढी जलविद्युत, वित्तीय सूचकाङ्क सार्वजनिक

४८.७२ करोड घाटामा रसुवागढी जलविद्युत, वित्तीय सूचकाङ्क सार्वजनिक

अर्थ प्लस
४८.७२ करोड घाटामा रसुवागढी जलविद्युत, वित्तीय सूचकाङ्क सार्वजनिक

काठमाण्डौ । रसुवागढी जलविद्युत आयोजना गत आवको चौथो त्रैमाससम्म ४८ करोड ७२ लाख रुपैयाँ घाटामा रहेको छ । यो घाटा अघिल्लो आवको सोही अवधिको तुलनामा बढी हो । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनी ४ करोड २९ लाख रुपैयाँ घाटामा थियो ।  

कम्पनीले विद्युत बिक्रीमार्फत ९६ करोड ६८ लाख रुपैयाँ आर्जन गरेको छ । कम्पनीको सञ्चालन मुनाफा २७ करोड २२ लाख रुपैयाँ रहेको छ । कम्पनीले १४ लाख ९ हजार रुपैयाँ वित्त आम्दानी गरेको छ ।  

यो अवधिसम्म कम्पनीको रिटेन्ड अर्निङ ८६ करोड ८८ लाख रुपैयाँले ऋणात्मक छ । कम्पनीको कुल चालु सम्पत्ति ८७ करोड ५ लाख र कुल चालु दायित्व १ अर्ब २४ करोड रुपैयाँ रहेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी ७.१२ ्ररुपैयाँ ऋणात्मक, प्रतिसेयर नेटवर्थ ८७.३० रुपैयाँ, मूल्य आम्दानी अनुपात ४७.२३ गुणा ऋणात्मक र तरलता अनुपात ०.७० प्रतिशत कायम भएको छ ।  

सम्बन्धित समाचार