Logo

Oct 22 2026 | २०८३, कात्तिक ६गते

images

नाफामा सुदृढ प्रदर्शन: सानिमा माई हाइड्रोपावरको इपीएस ८.६६ रुपैयाँ

नाफामा सुदृढ प्रदर्शन: सानिमा माई हाइड्रोपावरको इपीएस ८.६६ रुपैयाँ

अर्थ प्लस
नाफामा सुदृढ प्रदर्शन: सानिमा माई हाइड्रोपावरको इपीएस ८.६६ रुपैयाँ

काठमाण्डौ । सानिमा माई हाइड्रोपावरले गत आवको अन्त्यसम्म ३२ करोड ३७ लाख रुपैयाँ नाफा कमाएको छ । कम्पनीको यो नाफा अघिल्लो आवको तुलनामा ८.५४ प्रतिशत कम हो । अघिल्लो आवको सोही अवधिसम्म कम्पनीले ३५ करापेड ४० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी घटेपनि नाफामा संकुचन देखिएको हो । कम्पनीले गत आवमा विद्युत बिक्री गरेर ६८ करोड ४८ लाख रुपैयाँ आम्दानी गरेको छ । जुन यो अघिल्लो आवको तुलनामा ९.८० प्रतिशत कम हो । 

अघिल्लो आवको अन्त्यसम्म कम्पनीको यस्तो आम्दानी ७५ करोड ९१ लाख रुपैयाँ थियो । कम्पनीको चुक्तापूँजी ३ अर्ब ७३ करोड ७९ लाख रुपैयाँ रहेकोमा रिटेन्ड अर्निङ घटेर १ अर्ब ६ करोड रुपैयाँ र रिभर्जको आकार भने १ अर्ब ४० करोड रुपैयाँबाट बढेर १ अर्ब ६७ करोड ८३ लाख रुपैयाँ पुगेकोछ । कम्पनीको इपीएस १०.४२ रुपैयाँबाट घटेर ८.६६ रुपैयाँ, नेटवर्थ १७३.३४ रुपैयाँ, पीई रेसियो ७२.३८ गुणा र आरओए ४.२३ प्रतिशत रहेको छ ।

सम्बन्धित समाचार