Logo

Oct 22 2026 | २०८३, कात्तिक ६गते

images

ङादी ग्रुपको नाफा ३२% ले घट्यो, आम्दानीमा समेत गिरावट

ङादी ग्रुपको नाफा ३२% ले घट्यो, आम्दानीमा समेत गिरावट

अर्थ प्लस
ङादी ग्रुपको नाफा ३२% ले घट्यो, आम्दानीमा समेत गिरावट

काठमाण्डौ । ङादी ग्रुप पावर लिमिटेडको आम्दानीमा आएको गिरावटका कारण नाफा घटेको छ । कम्पनीले गत आवको चौथो त्रैमाससम्म १ करोड ७१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ३२.४७ प्रतिशतले कम हो ।  

अघिल्लो आवमा कम्पनीले २ करोड ५३ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो ।  

अघिल्लो आवमा १० करोड ६३ लाख रुपैयाँ आम्दानी गरेको कम्पनीले समीक्षा अवधिसम्म भने जम्मा ९९ करोड १८ लाख आम्दानी गरेको छ ।  

यो अवधिमा कम्पनीको प्रशासनिक खर्च १ करोड २० लाख, वित्त खर्च ४ करोड ३४ लाख,ह्रासकट्टी खर्च २ करोड ९७ लाख रुपैयाँ रहेको छ ।  

अघिल्लो आवमा १७ करोड ७० लाख रहेको रिटेन्ड अर्निङ बढेर ३३ करोड ४६ लाख पुगेको छ । कम्पनीको कुल चालु सम्पत्ति २ अर्ब २३ करोड र कुल चालु दायित्व ९ करोड ७९ लाख रुपैयाँ रहेको छ ।  कम्पनीले सगरमाथा जलविद्युत, माईखोला हाईड्रो,सुरी न्यादी पावर गरी ३ वटा कम्पनीमा ४ अर्ब ३२ करोड रुपैयाँ लगानी गरेको छ । 

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी ०.४६ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १६३.५५ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १९२.०७ रुपैयाँ, पीई रेसियो ८६२.४३ गुणा र तर लता अनुपात २२.८० प्रतिशत कायम भएको छ ।  

सम्बन्धित समाचार