Logo

Oct 22 2026 | २०८३, कात्तिक ६गते

images

नेप्से परिसूचकमा २७.१४ अंकको गिरावट, काति भयो बारोबार ? 

नेप्से परिसूचकमा २७.१४ अंकको गिरावट, काति भयो बारोबार ? 

अर्थ प्लस
नेप्से परिसूचकमा २७.१४ अंकको गिरावट, काति भयो बारोबार ? 


काठमाडौैं ।  साताको पहिलो कारोबार दिन सेयर बजार नेप्से परिसूचक २७.१४ अंकले घटेर २७६१.२२ को विन्दुमा कायम भएको छ । नेप्सेमा यसदिन ३१७ कम्पनीको २ करोड ५ लाख १३ हजार कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ७३ करोड माथिको सेयर कारोबार भएको छ ।

आज आरबीबी म्युचुअल फन्ड १ का इकाईधनीले सर्वाधिक ७.९३ प्रतिशतका दरले कमाएका छन् कमाएका हुन् । यस्तै अपर साङगे हाइड्रोपावरका लगानीकर्ताले ६.२९ प्रतिशतका दरले कमाउँदा कालिका पावरका लगानीकर्ताले ५.९६ प्रतिशतका दरले कमाएका छन् ।

आज सम्पदा लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सर्वाधिक ७ प्रतिशतका दरले गुमाए । यसदिन नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक ५१ करोड ६७ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

हिमालयन रिइन्स्योरेन्सको ३५ करोड ४५ लाख रुपैयाँ र तेस्रोमा नेपाल रिपब्लिक मिडियाको २४ करोड ९६ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

सम्बन्धित समाचार