Logo

Oct 22 2026 | २०८३, कात्तिक ६गते

images

दार्चुला पावरले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त

दार्चुला पावरले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त

अर्थ प्लस
दार्चुला पावरले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त

काठमाडौं- दार्चुला पावर लिमिटेडले सर्वसाधारणहरूका लागि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । 

कम्पनीले आफ्नो जारी पूँजीको २० प्रतिशत अर्थात १०० रुपैयाँ अङ्कित दरको ३० लाख कित्ता आईपीओ जारी गर्ने भएको हो । आईपीओ निष्कासनका लागि कम्पनीले मुक्तिनाथ क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । 

सेयर निष्कासन सम्बन्धी सम्झौतापत्रमा दार्चुला पावर लिमिटेडको तर्फबाट अध्यक्ष सतिस न्यौपाने तथा मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्रध्वज जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । दार्चुला पावर लिमिटेडको स्थापना जलविद्युत आयोजना विकास तथा सञ्चालनको लागि गरिएको कम्पनी हो, जसको प्रमुख उद्देश्य राष्ट्रिय प्रसारण लाइनमा विद्युत उत्पादन गरी आपूर्ति गर्नु हो । 

कम्पनीले हाल २८.३०४ मेगावाट को मध्य चमेलिया जलविद्युत आयोजना निर्माण गरिरहेको छ । यो आयोजना चमेलिया खोलामा आधारित रन–अफ–रिभर प्रकारको आयोजना हो, जुन दार्चुला जिल्लाको मार्मा गाउँपालिका, सुदूरपश्चिम प्रदेश, नेपालको सुदुरपश्चिमी क्षेत्रमा अवस्थित छ । उक्त आयोजनाको निर्माण कार्यहरू द्रुत गतिमा अगाडि बढेको छ भने आगामी डेढ बर्षमा निर्माण कार्य सम्पन्न गरी राष्ट्रिय प्रसारण लाइनमा जोड्ने लक्ष्य कम्पनीको रहेको जानकारी गराएको छ ।

यस कम्पनीको प्रमुख प्रवर्द्धक तथा लगानीकर्ता अपि पावर कम्पनी लिमिटेड हो, जुन नेपालको विद्युत क्षेत्रमा अग्रणी कम्पनी हो र यस कम्पनीको मुख्य कारोबार राष्ट्रिय प्रसारण लाइनमा विद्युत उत्पादन तथा आपूर्ति गर्नु हो । 

दार्चुला पावर लिमिटेडमा अपि पावर कम्पनी लिमिटेडको प्रमुख सेयर स्वामित्व रहने गरी लगानी गरेको छ र प्रवर्द्धकको रूपमा परियोजनाको विकासको लागि आवश्यक स्वपूँजी लगानी गर्नेछ ।

सम्बन्धित समाचार