Logo

Oct 22 2026 | २०८३, कात्तिक ६गते

images

७२.५९% ले बढ्यो लघुवित्तहरुको नाफा, एनपीएलमा सुधार : लाभांश वितरण क्षमतामा कसको हात माथि ?

७२.५९% ले बढ्यो लघुवित्तहरुको नाफा, एनपीएलमा सुधार : लाभांश वितरण क्षमतामा कसको हात माथि ?

अर्थ प्लस
७२.५९% ले बढ्यो लघुवित्तहरुको नाफा, एनपीएलमा सुधार : लाभांश वितरण क्षमतामा कसको हात माथि ?

काठमाण्डौ । लघुवित्त वित्तीय संस्थाहरुको नाफामा उल्लेख्य सुधार देखिएको छ । गत आवको अन्त्यसम्म लघुवित्त संस्थाहरुले समग्रमा ८ अर्ब ४१ करोड ४१ लाख रुपैयाँ नाफा कमाएका छन् ।  

संस्थाहरुको यो मुनाफा अघिल्लो आवको तुलनामा ७२.५९ प्रतिशत बढी हो । अघिल्लो आवको अन्त्यसम्म संस्थाहरुले समग्रमा ४ अर्ब ८७ करोड ५१ लाख रुपैयाँ नाफा कमाएका थिए ।  

अघिल्लो आवमा १२ संस्थाले घाटा ब्यहोरेकोमा गत आवमा भने ३ संस्था मात्रै घाटामा देखिएका छन् भने ४७ संस्था नाफामा उक्लिएका छन् ।  

नाफामा रहेका संस्थामध्ये पनि अधिकांशको नाफा अघिल्लो आवको तुलनामा उल्लेख्य बढेको छ भने ५ वटा संस्थाको घटेको छ । यसरी अघिल्लो आवमा घाटामा रहेका संस्था पनि गत आवमा नाफामा उक्लिन सफल हुँदा लघुवित्तहरुको समग्र मुनाफा उल्लेख्य बढ्न पुगेको हो ।  

नेपाल राष्ट्र बैंकले ‘घ’ वर्गका वित्तीय संस्थाहरुलाई कर्जा पुनर्संरचनाको व्यवस्थाले गर्दा लघुवित्तहरुको नाफा वृद्धिमा टेवा पुगेको हो । राष्ट्र बैकले दिएको कर्जा पुनर्संरचनाको सहुलियतले लघुवित्त संस्थाहरुको निष्क्रिय कर्जा अनुपात घट्न पुगेर ब्याज आम्दानी बढ्दा नाफामा उत्कृष्ट सुधार देखिन पुगेको हो ।  

राष्ट्र बैंकका अनुसार लघुवित्त संस्थाहरुले एनआरएफएस बमोजिम विवरण बनाउँदा उठ्न बाँकी रहेको ब्याजलाई समेत देखाउन मिल्ने भएकाले ब्याज आम्दानी र नाफामा सुधार देखिएको हो ।  

गत आवको अन्त्यसम्म सबैभन्दा बढी नाफा कमाउने संस्थामा छिमेक लघुवित्त रहेको छ । संस्थाले एक अर्ब २१ करोड रुपैयाँ नाफा कमाएर सर्वाधिक नाफा कमाउने लघुवित्त संस्था बनेको छ । संस्थाको नाफा अघिल्लो आवको तुलनामा २८.४३ प्रतिशतले वृद्धि भएको छ । ‘घ’ वर्गको संस्थाहरुमा अर्ब माथि नाफा कमाउनेमा छिमेक लघुवित्त एक्लो संस्था हो ।  

त्यस्तै, साना किसान विकास लघुवित्तले ८७ करोड ८७ लाख, निर्धन उत्थानले ८३ करोड ८६ लाख, जीवन विकासले ७० करोड ३ लाख, डिप्रोक्सले ६९ करोड ११ लाख र नेशनल लघुवित्तले ४७ करोड ४० लाख रुपैयाँ नाफा कमाएको छ ।  

अघिल्लो आवको तुलनामा सबैभन्दा धेरै नाफा बढाउने संस्थामा भने आरम्भ चौतारी लघुवित्त रहेको छ । यो संस्थाले आफ्नो नाफा १३ हजार ७८५ प्रतिशत ग्रोथ गरेको छ ।  

यता तीन संस्था भने घाटामा देखिएका छन् । सबैभन्दा धेरै घाटा ब्यहोर्नेमा एनआइसी एशिया लघुवित्तले ४४ करोड ८६ लाख, मातृभूमि लघुवित्तले ५ करोड ७९ लाख र नेष्डो समृद्ध लघुवित्तले एक करोड ९ लाख रुपैयाँ घाटा ब्यहोरेको छ ।  

आधा भन्दा बढी संस्थाको एनपीएलमा सुधार  

नेपाल राष्ट्र बैंकको कर्जा पुनर्संरचनाको व्यवस्थाले आधा भन्दा बढी संस्थाहरुको खराब कर्जा अनुपात ९एनपीएल०मा सुधार देखिएको छ ।  

गत आवको अन्त्यसम्म २८ संस्थाको एनपीएलको अवस्था सुधारिएको छ । राष्ट्र बैंकले ‘घ’ वर्गका संस्थाहरुको एनपीएल अधिकतम ७ प्रतिशतसम्म हुनुपर्ने व्यवस्था गरेको छ । सो प्रतिशतभन्दा बढी भएमा उक्त संस्थाको खराब कर्जा बढ्दै गएको र वित्तीय अवस्था नै संकटमा पर्न सक्ने संकेत देखाउँछ ।  

गत आवको अन्त्यसम्म १८ संस्थाको मात्रै एनपीएल ७ प्रतिशतभन्दा तल छ भने ३२ संस्थाको एनपीएल सो प्रतिशतभन्दा तल रहेको छ । यसर्थमा आधा भन्दा धेरै संस्थाको खराब कर्जा अनुपात सुधारिँदै गइरहेको छ ।  

अधिकांशको इपीएसमा देखियो सुधार  

लघुवित्त वित्तीइ संस्थाहरुको नाफामा सुधार देखिदा प्रतिसेयर आम्दानी ९इपीएस०मा पनि सुधार देखिएको छ ।  

गत आवको अन्त्यसम्म ४ संस्थाको मात्रै इपीएस घटेको छ भने ४६ वटाको इपीएस अघिल्लो आवको तुलनामा बढेको छ ।  

प्रतिसेयर आम्दानी (इपीएस)कम्पनीहरुको महत्वपूर्ण सूचक मानिन्छ । यो सूचकले कम्पनीको मुनाफा आर्जनको क्षमता देखाउने हुँदा कम्पनीको आधारभुत पक्षको विश्लेषणको प्रमुख सूचकको रुपमा लिइन्छ । करपछिको नाफालाई कुल सेयर संख्याले भाग गर्दा आउने प्रतिफललाई नै प्रतिसेयर आम्दानी भनिन्छ ।  

गत आवको अन्त्यसम्म सबैभन्दा धेरै इपीएस जीवन विकास लघुवित्तको रहेको छ । यो संस्थाको इपीएस मात्रै ४८.२० रुपैयाँ छ । संस्थाको इपीएस अघिल्लो आवको तुलनामा ३२.६१ रुपैयाँ बढेको छ ।  

गत आवमा चार संस्थाको इपीएस भने ऋणात्मक रहेको छ । समाज लघुवित्तको ६२.१० रुपैयाँ, एनआइसी एशिया लघुवित्तको २५.७९ रुपैयाँ, मातृभूमि लघुवित्तको ९.२२ रुपैयाँ र नेष्डो समृद्ध लघुवित्तको ३.९६ रुपैयाँ ऋणात्मक रहेको छ ।  

लाभांश क्षमतामा कुन कति अब्बल ?  

लघुवित्त संस्थाहरुको वित्तीय विवरणको आधारमा अधिकांश संस्था लाभांश दिन सक्ने योग्य देखिएका छन् ।  

संस्थाहरुले कमाएको नाफाबाट केही प्रतिशत रकम वितरण गर्नका लागि छुट्याएका हुन्छन् । सोही आधारमा अधिकांश लघुवित्त संस्था लगानीकर्ताहरुलाई लाभांश दिन योग्य देखिएका छन् ।  

वितरणयोग्य मुनाफाको आधारमा सबैभन्दा बढी लाभांश क्षमता छिमेक लघुवित्तको रहेको छ । छिमकले ६४।८४ प्रतिशत लाभांश दिन सक्ने क्षमता राखेको छ ।  

त्यस्तै, जीवन विकास लघुवित्तको ६२.४० प्रतिशत, नेष्डो समृद्ध लघुवित्तको ५९.०४ प्रतिशत, युनिक नेपाल लघुवित्तको ४६.०२ प्रतिशत, साना किसान विकास लघुवित्तको ४२.६७ प्रतिशत, स्वाभिमान लघुवित्तको ३९.३२ प्रतिशत, सिवाइसी नेपाल लघुवित्त ३४.१७ प्रतिशत, महुली लघुवित्त ३३.५७ प्रतिशत र नेशनल लघुवित्त ३३.०५ प्रतिशत रहेको  छ ।  

अधिकांशको लाभांश क्षमता डबल डिजिटमा देखिएको छ भने ९ वटा संस्थाको लाभांश क्षमता भने सिंगल डिजिटमा रहेको छ ।  

साथै ९ संस्थाले वित्तीय रिर्पोटमा लाभांश क्षमता ऋणात्मक रहेको देखाएको छ भने ५ संस्थाले यस्तो सूचक रिपोर्टमा देखाएका छैनन् ।

सम्बन्धित समाचार