Logo

Oct 22 2026 | २०८३, कात्तिक ६गते

images

बन्दिपुर केवलकारले सर्वसाधारणका लागि भदौ ११ गतेदेखि आईपीओ जारी गर्ने

बन्दिपुर केवलकारले सर्वसाधारणका लागि भदौ ११ गतेदेखि आईपीओ जारी गर्ने

अर्थ प्लस
बन्दिपुर केवलकारले सर्वसाधारणका लागि भदौ ११ गतेदेखि आईपीओ जारी गर्ने

काठमाण्डौ । बन्दिपुर केवलकार एण्ड टुरिजम लिमिटेडले यही भदौ ११ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आम सर्वसाधारणका लागि आईपीओ जारी गर्न लागेको हो । कम्पनीले आम सर्वसाधारणका लागि ४३ लाख ४१ हजार ८० कित्ता सेयर जारी गर्न लागेको हो ।  

लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा २० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनले तोकेका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।  

यसका साथै लगानीकर्ताले मेरो सेयरबाट समेत आवेदन दिन सक्नेछन्। यो आईपीओ निष्काशन बन्द छिटोमा भदौ १५ गते र ढिलोमा भदौ २५ गते हुनेछ। यो आईपीओका लागि कम्पनीले केयर रेटिङ नेपालबाट केयर एनपी डबल बी इस्योर रेटिङ प्रदान गरेको छ । यसले समयमै वित्तीय दायित्व समयमै बहन गर्ने सम्बन्धमा मध्यम स्तरको जोखिम रहेको जनाउँछ ।  

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ ।  

कम्पनीले पहिलो चरणअन्तर्गत गत साउन ६ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको लागि आईपीओ जारी गरेको थियो । उक्त आईपीओ बाँडफाँड भईसकेको छ ।

कम्पनीले कुल ५८ लाख ६० हजार कित्ता सेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । जसमध्ये जारीपूँजीको २ प्रतिशत अर्थात रु. १०० अंकित दरका ५ लाख ६६ हजार ५ सय कित्ता आयोजना प्रभावित क्षेत्र (तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिकाका सबै वडाहरु,आँवुखैरेनी गाउँपालिकाका सबै वडा,भानु नगरपालिका वडा न. १ तथा गोरखा जिल्लाको पालुङटार नगरपालिका वडा न. ७)का स्थानिय बासिन्दाका लागि र सर्वसाधारणका लागि छुट्टाइएको ५२ लाख ९४ हजार सेयरमध्येको १० प्रतिशत अर्थात रु. १०० अंकित दरका ५ लाख २९ हजार ४०० कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीहरुका लागि जारी गरिएको थियो । 

सम्बन्धित समाचार