Logo

Oct 22 2026 | २०८३, कात्तिक ६गते

images

हाथवे इन्भेष्टमेन्ट नेपालद्वारा लाभांश घोषणा

हाथवे इन्भेष्टमेन्ट नेपालद्वारा लाभांश घोषणा

अर्थ प्लस
हाथवे इन्भेष्टमेन्ट नेपालद्वारा लाभांश घोषणा

काठमाण्डौ । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको भदौ २ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८१/८२ का लागि लाभांश घोषणा गरेको हो ।  

बैठकले उक्त आवको वितरणयोग्य मुनाफाबाट हाल कायम रहेको चुक्तापूँजीको १२.६३२ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको छ । यसका साथै बैठकले लाभांशसहित प्रस्ताव आगामी साधारण सभासमक्ष पेश गर्ने निर्णय समेत गरेको छ । 

कुल लाभांशमा १२ प्रतिशत बोनस सेयर र कर प्रयोजनाका लागि ०.६३२ प्रतिशत नगद लाभांश रहेका छन् ।  

कम्पनीको हाल चुक्तापूँजी १ अर्ब ४१ करोड ५७ लाख रुपैयाँ रहेको छ । 

सम्बन्धित समाचार