Logo

Oct 22 2026 | २०८३, कात्तिक ६गते

images

आम्दानी घट्दा साल्ट ट्रेडिङको नाफा संकुचित, ईपीएसमा समेत गिरावट

आम्दानी घट्दा साल्ट ट्रेडिङको नाफा संकुचित, ईपीएसमा समेत गिरावट

अर्थ प्लस
आम्दानी घट्दा साल्ट ट्रेडिङको नाफा संकुचित, ईपीएसमा समेत गिरावट

काठमाण्डौ । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले गत आवको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । समीक्षा अवधिसम्म कम्पनीले ६ करोड १९ लाख रुपैयाँ  खुद नाफा आर्जन गरेको छ । यो रकम गत आवको तुलनामा २.०५ प्रतिशतले कम हो । अघिल्लो आवको अन्त्यसम्म भने कम्पनीले ६ करोड ३२ लाख रुपैयाँबराबरको खुद मुनाफा आर्जन गरेको थियो ।  

कम्पनीको बिक्री आम्दानी पनि ८.५१ प्रतिशतले घटेको छ । कम्पनीले बिक्रीबाट ९९ करोड ४९ लाख रुपैयाँ आम्दानी गरेको छ । कम्पनीले यो अवधिसम्म ४ करोड ४३ लाख रुपैयाँबराबरको अन्य आम्दानी गरेको छ ।  

कम्पनीले कर्मचारी खर्च ३३ करोड ३० लाख, ब्याज खर्च ४१ करोड ४७ लाख , ह्रासकट्टी खर्च १ करोड २१ लाख र १७ करोड ८२ लाख रुपैयाँबराबरको प्रशासनिक खर्च गरेको छ । कम्पनीको जगेडा तथा मुनाफा कोषको आकार १ अर्ब ४५ करोड रुपैयाँ रहेको छ । कम्पनीको चालु सम्पत्ति ५ अर्ब ३७ करोड र कुल चालु दायित्व ५ अर्ब ८३ करोड रुपैयाँ रहेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)१९.३१ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ४१६.७४ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य २ हजार ३८१.४१ रुपैयाँ र मूल्य आम्दानी अनुपात २७३.९८ गुणा कायम भएको छ ।  

सम्बन्धित समाचार