Logo

Oct 22 2026 | २०८३, कात्तिक ६गते

images

म्युचुअल फण्डहरुको नाफा घट्यो, १६ वटा फण्ड घाटामा

म्युचुअल फण्डहरुको नाफा घट्यो, १६ वटा फण्ड घाटामा

अधिकांशको न्याभ घट्यो

अर्थ प्लस
म्युचुअल फण्डहरुको नाफा घट्यो, १६ वटा फण्ड घाटामा

काठमाण्डौ । म्युचुअल फण्डहरुको खुद नाफा शतप्रतिशत घटेको छ । चालु आवको साउन महिनामा सञ्चालनमा रहेका म्युचुअल फण्डहरुले १० करोड ८७ लाख ७३ हजार रुपैयाँ मात्रै नाफा कमाएका हुन् ।  

यो नाफा असार महिनाको तुलनामा ९८.४७ प्रतिशत कम हो । असार मसान्तसम्म फण्डहरुले ७ अर्ब १० करोड २७ लाख रुपैयाँ नाफा कमाएका थिए ।  

सो अवधिसम्म आइपुग्दा २९ वटा फण्ड नाफामा रहेका छन् भने १६ म्युचुअल फण्ड घाटामा देखिएका छन् । नाफामा रहेका फण्डहरुको पनि असार महिनाको तुलनामा नाफा ह्वात्तै घटेको छ ।  

असार महिनाको अन्तिम कारोबार दिनसम्म २७९४.९४ विन्दुमार रहेको नेप्से परिसूचक साउन महिनाको अन्तिम कारोबार दिनसम्म २७८९.३४ विन्दुमा कायम भएको छ । यसर्थ असारको तुलनामा साउनमा नेप्से परिसूचक ०.२० प्रतिशतले घटेको छ ।  

सेयरबजार घटेसँगै म्युचुअल फण्डहरुको नाफामा गिरावट आएको हो । यता अघिल्लो महिनाहरुमा उल्लेख्य नाफा कमाउने म्युचुअल फण्डहरुले नै सबैभन्दा धेरै घाटा ब्यहोरेका छन् ।  

साउन महिनामा सबैभन्दा बढी नाफा कमाउने फण्डमा सनराइज फोकस्ड इक्विटी रहेको छ । फण्डले ८ करोड रुपैयाँ नाफा कमाएको छ । यो नाफा असार मसान्तसम्मको तुलनामा ६१.७७ प्रतिशत कम हो ।  

त्यस्तै, सबैभन्दा बढी घाटा ब्यहोर्ने फण्डमा भने एनआइबीएल समृद्धि योजना–२ रहेको छ । यो फण्डले साउन महिनामा १३ करोड ४४ लाख रुपैयाँ घाटा ब्यहोरेको छ ।  

अधिकांशको न्याभमा गिरावट  

म्युचुअल फण्डहरुको नाफा प्रभावित देखिएसँगै प्रतिइकाई खुद सम्पत्ति मूल्य ९न्याभ०मा समेत गिरावट आएको छ । म्युचुअल फण्डहरुको न्याभ एक महत्वपूर्ण सूचक हो । यो सूचकले सिँगो फण्डको सम्पत्ति मूल्यको भ्यालु देखाउने हुँदा यो महत्वपूर्ण सूचक मानिन्छ ।  

सबैभन्दा बढी न्याभ प्रभु स्मार्ट फण्डको १३.४२ रुपैयाँ छ । तर यो फण्डको न्याभ असार महिनाको तुलनामा ०.११ रुपैयाँ घटेको छ ।  

साउन महिनामा १६ म्युचुअल फण्डको न्याभ असारको तुलनामा बढेको छ, तीन फण्डको न्याभ तटस्थ र २६ फण्डको न्याभमा गिरावट आएको छ । सबैभन्दा थोरै न्याभ सनराइज ब्लुचिप फण्डको १०.१० रुपैयाँ छ ।  

सेयरबजारमा रु.४५.२८ अर्बको लगानी  

साउन महिनामा म्युचुअल फण्डहरुको सेयरबजारमा कुल ४५ अर्ब २८ करोड रुपैयाँ लगानी रहेको छ । यो लगानी असार महिनाको तुलनामा सामान्य कम हो ।  

असार महिनामा म्युचुअल फण्डहरुको सेयरबजारमा ४५ अर्ब ६० करोड रुपैयाँ लगानी रहेको थियो ।  

असारको तुलनामा १९ फण्डको सेयरबजारमा गरिएको लगानी भ्यालु बढेको छ भने २६ फण्डको लगानी भ्यालु घटेको छ ।  

सबैभन्दा धेरै लगानी एनआइबीएल सहभागीता फण्डको रहेको छ । यो फण्डको मात्रै सेयरबजारमा ६ अर्ब ९८ लाख रुपैयाँ लगानी रहेको छ । फण्डको लगानी असारको तुलनामा २२.०५ प्रतिशत बढेको छ ।  

सबैभन्दा थोरै लगानी शुभ लक्ष्मी कोषको जम्मा ३६ करोड ३७ लाख रुपैयाँ रहेको छ । यो फण्डको लगानी भ्यालु ३.०३ प्रतिशत घटेको छ ।

68b451b931d51.jpg
b.jpg
c.jpg

सम्बन्धित समाचार