Logo

Oct 22 2026 | २०८३, कात्तिक ६गते

images

‘हिमालयन ८०–२०’ योजनाको लाभांशका लागि बुक क्लोज मिति तय

‘हिमालयन ८०–२०’ योजनाको लाभांशका लागि बुक क्लोज मिति तय

अर्थ प्लस
‘हिमालयन ८०–२०’ योजनाको लाभांशका लागि बुक क्लोज मिति तय

काठमाडौं- हिमालयन म्युचुअल फन्डअन्तर्गत सञ्चालित ‘हिमालयन ८०–२०’ नामक योजनाको आर्थिक वर्ष २०८१।८२ का लागि घोषित लाभांश वितरणार्थ बुक क्लोज मिति तय गरिएको छ।

योजना व्यवस्थापक हिमालयन क्यापिटलले उक्त योजनाको लाभांश वितरण गर्न भदौ २७ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको हो। यसको अर्थ भदौ २७ गतेभन्दा अघिसम्म कायम इकाइधनीहरुमात्रै यो योजनाको लाभांश पाउन योग्य हुनेछन्।

क्यापिटल सञ्चालक समितिले त्यस म्युचुअल फन्डका इकाइधनीहरुलाई उक्त आर्थिक वर्षको मुनाफाबाट करसहित १६.१६ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ। जसअनुसार क्यापिटलले नगद लाभांशबापत इकाइधनीहरुलाई कुल १६ करोड १६ लाख रुपैयाँ वितरण गर्नेछ।

सम्बन्धित समाचार