Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

एभरेष्ट बैंकका सेयरधनीहरूले २० प्रतिशत लाभांश पाउने, नगद र बोनस कति ?

एभरेष्ट बैंकका सेयरधनीहरूले २० प्रतिशत लाभांश पाउने, नगद र बोनस कति ?

अर्थ प्लस
एभरेष्ट बैंकका सेयरधनीहरूले २० प्रतिशत लाभांश पाउने, नगद र बोनस कति ?

काठमाडौँ - एभरेष्ट बैंक लिमिटेडका सेयरधनीहरूले २० प्रतिशत लाभांश पाउने भएका छन् । बैंकले आफ्ना सेयरधनीलाई आर्थिक वर्ष २०८१/८२ को नाफाबाट १४ प्रतिशत नगद लाभांश र ६ प्रतिशत बोनस सेयर दिने दिने प्रस्ताव गरेको हो।

बैंकको सञ्चालक समितिको साउन १९ गते बिहीबार साँझ बसेको बसेको ३८७औँ बैठकले नगद लाभांश १४ प्रतिशत र बोनस सेयर ६ प्रतिशत गरी कुल २० प्रतिशत लाभांश दिन भएको छ । 

उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि तथा आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सर्वसाधरणमा वितरण गरिने बैंकले जनाएको छ । 

प्रस्ताव अनुसार सेयरधनीले कुल १४ प्रतिशत नगद लाभांशसहित ६ प्रतिशत बोनस सेयर प्राप्त गर्नेछन्। हालसम्म बैंकको चुक्ता पुँजी १२ अर्ब ९५ करोड ५४ लाख १६ हजार रुपैयाँ रहेको छ।

उक्त लाभांश प्रस्ताव वार्षिक साधारणसभाबाट पारित भएपछि मात्र कार्यान्वयनमा आउनेछ।

सम्बन्धित समाचार