Logo

Oct 22 2026 | २०८३, कात्तिक ६गते

images

दक्षिण कोरियाको सेयरबजार अल टाइम हाईमा, विदेशी लगानीकर्ताको आकर्षण बढ्दो

दक्षिण कोरियाको सेयरबजार अल टाइम हाईमा, विदेशी लगानीकर्ताको आकर्षण बढ्दो

अर्थ प्लस
दक्षिण कोरियाको सेयरबजार अल टाइम हाईमा, विदेशी लगानीकर्ताको आकर्षण बढ्दो

काठमाण्डौ । दक्षिण कोरियाको सेयरबजारले अल टाइम हाईको रेकर्ड कायम गरेको छ । बुधबार कोस्पी इन्डेक्स १.७ प्रतिशतले बढेर ३ हजार ३१४ विन्दुमा बन्द भएको छ । यो हालसम्मकै उच्च विन्दु हो ।  

विदेशी तथा संस्थागत लगानीकर्ताको आकर्षण वित्तीय र ब्लू चिप टेक कम्पनीहरुमा देखिएसँगै मध्य जुलाईदेखि ३२ सय विन्दुको आसपास रुमल्लिरहेको सेयरबजारले रेकर्ड कायम गरेको हो । दक्षिण कोरियाली सरकारले सेयरहोल्डर ट्याक्स थ्रेसहोल्डलाई खुकुलो बनाउने निर्णय गरेको छ । त्यहाँको सरकारले विदेशी लगानीकर्तालाई प्रतिस्टक ५ बिलियन कोरियन वनसम्मको सेयर होल्ड गर्न मिल्ने प्रावधान गरेको छ । यसअघि यस्तो सीमा प्रतिस्टक १ बिलियन कोरियन वन थियो ।  

सरकारको ययो निर्णयले विदेशीलगानीकर्ता दक्षिण कोरियाली बजारप्रति आकर्षित भएका छन् । विदेशी लगानीकर्ताले बुधबार १.५ ट्रिलियन वनबराबरको सेयर खरिद गरेका छन् भने संस्थागत लगानीकर्ताले १.१ ट्रिलियन वनबराबरको सेयर खरिद गरेका छन् ।  

दक्षिण कोरियाको सरकारले गत जुलाईमा सेयरहोल्डर ट्याक्स थ्रेसहोल्डलाई कडाई गर्ने र ३५ प्रतिशत लाभांश कर लगाउने प्रस्ताव गरेको थियो । जुन अपेक्षा गरिएको भन्दा बढी थियो । जसका कारण त्यसदिन कोस्पी इन्डेक्स ३.८८ प्रतिशतले घटेको थियो ।  

तर सत्ताधारी पार्टीले ५ बिलियन वनको थ्रेसहोल्ड कायम गर्न आग्रह गरेको थियो र राष्ट्रपति लिजेई म्युङले आफ्नो १ सय दिनको कार्यकाल सफलतापूर्वक पार गरेको अवसरमा थ्रेसहोल्ड बढाउने घोषणासँगै बजारको मुड सिफ्ट भएको छ । उक्त अवसरमाम उनले पूँजीबजार सुधारको प्याकेज समेत ल्याउने बताएका छन् ।

यस्तै आज समेत कोस्पी इन्डेक्सले वृद्धिका साथ कारोबारको थालनी गरेको छ । यो समाचार तयार पार्दासम्म कोस्पी इन्डेक्स ०.१३ प्रतिशतले बढेर ३ हजार ३१८ विन्दुमा कारोबार भईरहेको छ ।  

सम्बन्धित समाचार