काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा ९ अर्ब १७ करोड रुपैयाँभन्दा माथिको सेयर कारोबार भएको छ। आज शीर्ष १० ब्रोकर कम्पनीहरूमध्ये ५ वटाले उच्च खरिद र ५ वटाले उच्च बिक्री गरेका छन्।
उच्च खरिद गर्ने ब्रोकरहरूमा नासा सेक्युरिटिज, भृकुटी स्टक ब्रोकिङ कम्पनी, सनि सेक्युरिटिज, डायनामिक मनि म्यानेजर्स सेक्युरिटिज र आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज छन्।
त्यस्तै, उच्च बिक्री गर्ने ब्रोकरहरूमा भिजन सेक्युरिटिज, इम्पेरियल सेक्युरिटिज, एबीसी सेक्युरिटिज, अनलाइन सेक्युरिटिज र श्रीहरि सेक्युरिटिज रहेका छन्।
आज सबैभन्दा बढी सेयर कारोबार गर्ने ब्रोकर कम्पनी नासा सेक्युरिटिज हो। यस ब्रोकरबाट आज मात्रै १ अर्ब ३ करोड रुपैयाँभन्दा माथिको कारोबार भएको छ, जसमा ५८.२७ प्रतिशत सेयर खरिद र ४१.७३ प्रतिशत सेयर बिक्री भएको छ।

