Logo

Oct 22 2026 | २०८३, कात्तिक ६गते

images

अवितरित हकप्रद बिक्री गर्दै खानी खोला हाइड्रोपावर

अवितरित हकप्रद बिक्री गर्दै खानी खोला हाइड्रोपावर

अर्थ प्लस
अवितरित हकप्रद बिक्री गर्दै खानी खोला हाइड्रोपावर

काठमाडौं- खानी खोला हाइड्रोपावर कम्पनीले आउँदो कात्तिक १२ गतेबाट साढे ४ लाख बढी कित्ता अवितरित हकप्रद सेयर बिक्री गर्ने भएको छ।

कम्पनीले लिलामी प्रक्रियामार्फत सर्वसाधारण समूहतर्फको ४ लाख ५९ हजार ३४९ कित्ता अवितरित हकप्रद सेयर बिक्री गर्न लागेको हो। यो सेयरमा इच्छुक व्यक्ति, कम्पनी र संघसंस्थाले खरिदका लागि बोलपत्र पेस गर्न सक्नेछन् ।

बिक्रीमा राखिने सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ। यसको अर्थ लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

लगानीकर्ता न्यूनतम १०० कित्ताका लागि बोलपत्र पेस गर्न सक्नेछन्। अधिकतममा सम्पूर्ण सेयरका लागि बोलपत्र पेस गर्न सकिनेछ। बोलपत्र कात्तिक १२ गतेदेखि कात्तिक १९ गतेसम्म पेस गर्नुपर्नेछ। 

बोलपत्र काठमाडौंको डिल्लीबजारस्थित सिटिजन्स क्यापिटलको कार्यालयका साथै सिटिजन्स बैंकका शाखाहरु कुमारीपाटी, थिमी, इटहरी, विराटनगर, बिर्तामोड, वीरगन्ज, सुर्खेत, जनकपुर, नेपालगन्ज, नारायणगढ, धनगढी, पोखरा, बुटवल र हेटौँडामा पेस गर्न सकिनेछ।

सम्बन्धित समाचार