Logo

Oct 22 2026 | २०८३, कात्तिक ६गते

images

नेप्सेमा २२ अंकको गिरावट, ३ अर्ब १० करोडको कारोबार

नेप्सेमा २२ अंकको गिरावट, ३ अर्ब १० करोडको कारोबार

अर्थ प्लस
नेप्सेमा २२ अंकको गिरावट, ३ अर्ब १० करोडको कारोबार

काठमाडौं- साताको चौथो कारोबार दिन सेयर बजार नेप्से परिसूचक २२.५८ अंकले घटेर २५०५.५८ को विन्दुमा कायम भएको छ । 

नेप्सेमा यसदिन ३१८ कम्पनीको ७६ लाख ११ हजार कित्ता सेयर किनबेच हुँदा ३ अर्ब १० करोड माथिको सेयर कारोबार भएको छ । आज ४० कम्पनीको सेयर मूल्य बढ्दा २०६ कम्पनीको सेयर मूल्य घटेको छ ।

Capture

आज समाज लघुवित्त र विन्ध्यावासीनी हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक १० प्रतिशतका दरले गुमाएका छन् ।

आज नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक २० करोड ५४ लाख रुपैयाँको सेयर कारोबार भएको छ । यस्तै, हिमालयन रिइन्स्योरेन्सको १३ करोड ४९ लाख रुपैयाँ र यूनियन हाइड्रोपावरको १२ करोड ९८ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

यसदिन समता घरेलु लघुवित्त वित्तीय संस्थाका सर्वाधिक ६.९३ प्रतिशतका दरले कमाएका छन् ।

सम्बन्धित समाचार