Logo

Oct 22 2026 | २०८३, कात्तिक ६गते

images

आज ६२.२९ अंकले बढ्यो सेयर बजार, कति भयो कारोबार ?

आज ६२.२९ अंकले बढ्यो सेयर बजार, कति भयो कारोबार ?

अर्थ प्लस
आज ६२.२९ अंकले बढ्यो सेयर बजार, कति भयो कारोबार ?

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक ६२.२९ अंकले बढेको छ । मंगलबार नेप्से परिसूचक २.४८ प्रतिशतले बढेर २,५७१.३४ विन्दुमा बन्द भएको हो ।

गत आइतबारको तुलनामा कारोबार रकम एक अर्ब ९१ करोड रुपैयाँले बढेको छ । आज चार अर्ब ५७ करोड ३९ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ । गत आइतबार दुई अर्ब ६६ करोड १३ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको थियो ।

आज २३६ कम्पनीको सेयरमूल्य बढेको छ । यस्तै, १२ कम्पनीको सेयरमूल्य घटेको छ । इन्फिनिटी लघुवित्त वित्तीय संस्था र पिपुल्स हाइड्रोपावर कम्पनीको सेयरमूल्य स्थिर छ ।

आज पाँच कम्पनीको सेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । हिमालयन पावर पार्टनरको सेयरमूल्य ६.३६ प्रतिशतले घटेको छ । यस कम्पनीको आज सर्वाधिक मूल्यको सेयर खरिदबिक्री भएको छ । आज यस कम्पनीको २४ करोड ९४ रुपैयाँको सेयर खरिदबिक्री भएको छ ।

आज व्यापार समूहको परिसूचक ०.७६ प्रतिशतले घटेको छ । बाँकी समूहको परिसूचक घटेको छ । परिसूचक सर्वाधिक बढ्नेमा विकास बैंक समूह छ । यस समूहको परिसूचक ४.४२ प्रतिशतले बढेको छ ।  

सम्बन्धित समाचार