Logo

Oct 22 2026 | २०८३, कात्तिक ६गते

images

आरएसडिसी लघुवित्तले मंसिर १२ गते बोलायो साधारणसभा, लाभांश प्रस्ताव पारित हुने

आरएसडिसी लघुवित्तले मंसिर १२ गते बोलायो साधारणसभा, लाभांश प्रस्ताव पारित हुने

अर्थ प्लस
आरएसडिसी लघुवित्तले मंसिर १२ गते बोलायो साधारणसभा, लाभांश प्रस्ताव पारित हुने

काठमाडौं- आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले मंसिर १२ गते शुक्रबार आफ्नो बाह्रौँ वार्षिक साधारणसभा बोलाएको छ। 

सभा वेष्टर्न एशियन होटल, बुटवल, रुपन्देहीमा बिहान साढे ९ बजे सुरु हुनेछ।

सभामा हाल कायम चुक्ता पूँजीको ८ प्रतिशतका दरले नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गरिनेछ। त्यस्तै, अन्य वित्तीय संस्थासँग मर्जर वा एक्विजिशन सम्बन्धी कार्य गर्न सञ्चालक समितिलाई अधिकार दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरू पनि पारित गरिनेछन्।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ लघुवित्तले कात्तिक २५ गते बुकक्लोज गर्ने भएको छ। यसअनुसार कात्तिक २४ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका शेयरधनीहरूले साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन्।

सम्बन्धित समाचार