Logo

Oct 22 2026 | २०८३, कात्तिक ६गते

images

सेबोन अध्यक्षलाई कार्यालय प्रवेशमा रोक, अब अर्थ मन्त्रालयमै बस्दै बोर्ड बैठक

सेबोन अध्यक्षलाई कार्यालय प्रवेशमा रोक, अब अर्थ मन्त्रालयमै बस्दै बोर्ड बैठक

अर्थ प्लस
सेबोन अध्यक्षलाई कार्यालय प्रवेशमा रोक, अब अर्थ मन्त्रालयमै बस्दै बोर्ड बैठक

काठमाडौं । नेपाल धितोपत्र बोर्डको सञ्चालक समिति बैठक अर्थ मन्त्रालयमा बस्ने भएको छ । बोर्डका कर्मचारीहरूले राजीनामा माग गर्दै अध्यक्ष सन्तोष नारायण श्रेष्ठलाई कार्यालयमा प्रवेश गर्न रोक लगाएपछि सञ्चालक समितिको बैठक आज अर्थ मन्त्रालयमा बस्न लागेको हो ।

उक्त बैठक आज साँझ ४ बजे बस्ने तय भएको छ । अध्यक्ष श्रेष्ठले कार्यालयमा उपस्थित हुन नसक्ने अवस्था भएकाले अर्थ मन्त्रालयमै बैठक बोलाएको बताएका छन् । बोर्डका कर्मचारीहरू विगत ४३ दिनदेखि आन्दोलनमा छन् । उनीहरूले आफूले पाउँदै आएको सेवा सुविधामा अर्थ मन्त्रालयले कटौती गरेको आरोप लगाएका छन् ।

कर्मचारीहरूले गत कात्तिक १६ गतेदेखि अध्यक्ष श्रेष्ठलाई कार्यालय प्रवेशमा रोक लगाएका छन् ।

भदौ ३१ गते अर्थ मन्त्रालयको सचिवस्तरीय निर्णयले धितोपत्र बोर्ड कर्मचारी कल्याण कोष कार्यविधि, २०७१ र कर्मचारी सुरक्षा कोष (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०७५ लाई नेपाल धितोपत्र बोर्ड कर्मचारी सेवा, सर्तसम्बन्धी नियमावली, २०६८ को नियम १६७ को विपरीत जारी भएको ठहर गर्दै ती कार्यविधिहरू तत्काल खारेज गर्ने निर्णय गरेको थियो ।

त्यसैगरी, मन्त्रालयले प्रचलित कानूनविपरीत बनेका कार्यविधिका आधारमा विगतमा कोषबाट भुक्तानी भएको रकम सरकारी बाँकीसरह सम्बन्धित व्यक्तिबाट असुलउपर गर्ने प्रक्रिया तत्काल सुरु गर्ने निर्णय पनि गरेको छ ।

सम्बन्धित समाचार