Logo

Oct 22 2026 | २०८३, कात्तिक ६गते

images

भगवती हाइड्रोपावरको लाभांश सेयरधनीको खातामा जम्मा

भगवती हाइड्रोपावरको लाभांश सेयरधनीको खातामा जम्मा

अर्थ प्लस
भगवती हाइड्रोपावरको लाभांश सेयरधनीको खातामा जम्मा

काठमाडौं- भगवती हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडको कात्तिक २ गते सम्पन्न २५औं वार्षिक साधारणसभाले पारित गरेको नगद लाभांश सम्बन्धित सेयरधनीको बैंक खातामा जम्मा भएको छ।

कम्पनीको उक्त साधारणसभाले गत आर्थिक वर्षको खुद तथा सञ्चित मुनाफाबाट सेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको १४ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल २० प्रतिशत लाभांश पारित गरेको थियो।

बोनस सेयर नेप्से र सीडीएससीमा सूचीकृत भएपछि सेयरधनीको डिम्याट खातामा जम्मा हुनेछ। कम्पनीले ६ प्रतिशत नगद लाभांश भने कात्तिक १६ गतेदेखि सम्बन्धित सेयरधनीको बैंक खातामा पठाएको हो।

कुनै सेयरधनीले डिम्याट खातामा अद्यावधिक नगरेको वा सेयर अभौतिकीकरण नगरेको भए यथाशीघ्र गर्न समेत कम्पनीले आग्रह गरेको छ। 

साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले असोज २१ गते एक दिन बुक क्लोज गरेकाले असोज २० गतेसम्म कायम सेयरधनीहरूले मात्रै लाभांश प्राप्त गर्नेछन्।

सम्बन्धित समाचार