Logo

Oct 22 2026 | २०८३, कात्तिक ६गते

images

धितोपत्र बोर्ड आजदेखि खुला, अब सेयर निष्कासनका काम अघि बढ्ने

धितोपत्र बोर्ड आजदेखि खुला, अब सेयर निष्कासनका काम अघि बढ्ने

अर्थ प्लस
धितोपत्र बोर्ड आजदेखि खुला, अब सेयर निष्कासनका काम अघि बढ्ने

काठमाडौं–  कर्मचारी आन्दोलनका कारण डेढ महिनाभन्दा बढी समयदेखि ठप्प रहेको नेपाल धितोपत्र बोर्डको काम आजदेखि नियमित रूपमा सुरु भएको छ । 

अर्थ मन्त्रालयले कर्मचारीको सेवा सुविधा कटौती हुनेगरी पठाएको पत्र पठाएपछि आन्दोलनमा उत्रिएका कर्मचारीहरूको माग पूरा गर्नेगरी सहमति भएसँगै उक्त बोर्डको नियमित कामकारबाही सुचारु भएको हो । 

आइतबार बोर्डका मन्त्रालयले बोर्डलाई पठाएको पत्रबारे अध्ययन गर्न एउटा समिति गठन गर्ने सहमति जुटेको थियो । कानुन मन्त्रालयका सहसचिवको अध्यक्षता रहने उक्त समितिले कर्मचारीको सुविधासम्बन्धी नियमावलीमा रहेको व्यवस्था र उक्त पत्रको औचित्यबारे अध्ययन गर्ने आवश्यक सिफारिस गर्नेछ । समितिमा बोर्डका रहेका कर्मचारी संगठनहरूको प्रतिनिधित्व रहनेछ । 

बोर्डको कामकारबाही सुरु भएसँगै रोकिएका सेयर निष्कासन अनुमति तथा बोर्ड अन्तर्गतका निकायको नियमित काम कारबाही सुरु हुनेछ । अहिले धितोपत्र बोर्डमा ७४ वटा कम्पनीको ५४ अर्ब १५ करोड बढीको साधारण शेयर ९आईपीओ० निष्कासनको प्रतीक्षामा रहेका छन् । त्यस्तै, झन्डै पौने ६ अर्बको हकप्रद शेयर तथा झन्डै २३ करोडको एफपीओ समेत निष्कासनको प्रतीक्षामा छन् ।

सम्बन्धित समाचार