Logo

Oct 22 2026 | २०८३, कात्तिक ६गते

images

विजय लघुवित्त वित्तीय संस्थाको खुद नाफा ३.२० करोड, खराब कर्जा अनुपात १३.६० प्रतिशतमा उक्लियो

विजय लघुवित्त वित्तीय संस्थाको खुद नाफा ३.२० करोड, खराब कर्जा अनुपात १३.६० प्रतिशतमा उक्लियो

अर्थ प्लस
विजय लघुवित्त वित्तीय संस्थाको खुद नाफा ३.२० करोड, खराब कर्जा अनुपात १३.६० प्रतिशतमा उक्लियो

काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३ करोड २० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा भने संस्था ३ करोड ४५ लाख रुपैयाँ घाटामा रहेको थियो।

खुद ब्याज आम्दानी र खुद शुल्क तथा कमिशन आम्दानीमा भएको वृद्धिले संस्थालाई नाफामा फर्काउन सहयोग पुर्‍याएको हो। संस्थाले यस त्रैमासमा १७ करोड ३९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ७९.३५ प्रतिशतले बढी हो।

अघिल्लो वर्ष १३ लाख रुपैयाँ ऋणात्मक रहेको खुद शुल्क तथा कमिशन आम्दानी यसपटक १ करोड ६५ लाख रुपैयाँ धनात्मक भएको छ। पहिलो त्रैमाससम्म संस्थाको संचित आय (रिटेन्ड अर्निङ) १ करोड ४ लाख र जगेडा कोषको आकार ५१ करोड ५ लाख रुपैयाँ रहेको छ।

यसैगरी, संस्थाको वितरणयोग्य नाफा १ करोड ४ लाख र लाभांश क्षमता ५.५९ प्रतिशत कायम भएको छ।

तर, यो अवधिमा खराब कर्जा अनुपात भने उल्लेखनीय रूपमा बढेको छ। अघिल्लो वर्ष ९.५७ प्रतिशत रहेको यो अनुपात बढेर १३.६० प्रतिशत पुगेको छ।

समीक्षा अवधिसम्म संस्थाको प्रतिशेयर आम्दानी (ईपीएस) १७.१९ रुपैयाँ, प्रतिशेयर नेटवर्थ १६६.२१ रुपैयाँ, प्रतिशेयर कुल सम्पत्तिको मूल्य १,५१७.४६ रुपैयाँ, मूल्य–आम्दानी अनुपात ४३.६४ गुणा र तरलता अनुपात ७.४६ प्रतिशत रहेको छ।

सम्बन्धित समाचार