Logo

Oct 22 2026 | २०८३, कात्तिक ६गते

images

एपीआई पावर कम्पनीको खुद नाफा २६.२७ करोड, प्रतिशेयर आम्दानीमा वृद्धि

एपीआई पावर कम्पनीको खुद नाफा २६.२७ करोड, प्रतिशेयर आम्दानीमा वृद्धि

अर्थ प्लस
एपीआई पावर कम्पनीको खुद नाफा २६.२७ करोड, प्रतिशेयर आम्दानीमा वृद्धि

काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। सो विवरणअनुसार कम्पनीले २६ करोड २७ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४४.६० प्रतिशतले बढी हो।

अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले १८ करोड १७ लाख रुपैयाँ मात्र नाफा आर्जन गरेको थियो।

समीक्षा अवधिमा कम्पनीले विद्युत् बिक्रीबाट ४७ करोड ९२ लाख रुपैयाँ आम्दानी गरेको छ, यो अघिल्लो वर्षको तुलनामा १०.७८ प्रतिशतले वृद्धि भएको हो। यसैगरी, अन्य आम्दानी २ हजार रुपैयाँ र वित्तीय आम्दानी ७७ हजार रुपैयाँ रहेको छ।

कम्पनीको प्रशासनिक खर्च ८२ लाख ६ हजार, बिक्री तथा वितरण खर्च ५ करोड ९२ लाख, ह्रासकट्टी खर्च १० करोड ५५ लाख र वित्तीय खर्च ११ करोड ६६ लाख रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष वित्तीय खर्च भने १८ करोड ६८ लाख रहेको थियो।

६ अर्ब ७ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको कुल चालु सम्पत्ति ८२ करोड ६६ लाख र कुल चालु दायित्व १ अर्ब ६९ करोड रुपैयाँ रहेको छ।

समीक्षा अवधिसम्म कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) उल्लेखनीय रूपमा बढेको छ। अघिल्लो वर्ष १२.५६ रुपैयाँ रहेको ईपीएस यसपटक १७.३० रुपैयाँ पुगेको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ ११४.७४ रुपैयाँ, मूल्य–आम्दानी अनुपात १५.६२ गुणा र तरलता अनुपात ०.४९ गुणा कायम भएको छ।

सम्बन्धित समाचार