काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ। संस्थाको कात्तिक २६ गते बिहान ७ बजे बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो।
बैठकले गत आर्थिक वर्षको वितरणयोग्य नाफाबाट असार मसान्तसम्म कायम चुक्ता पूँजीको १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।
यो लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरेपछि आगामी साधारण सभाबाट अनुमोदन गरी लगानीकर्तालाई वितरण गरिनेछ।
