काठमाडौं । रिभर फल्स पावर लिमिटेडले १० लाखभन्दा बढी अवितरित हकप्रद सेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा राखेको छ। कम्पनीले गत भदौ २३ देखि असोज २६ गतेसम्म १:१ अनुपातमा जारी गरेको हकप्रद सेयरमा आवेदन नपरेको १० लाख ३८ हजार ९२४ कित्ता सेयर आजदेखि लिलामीमा राखिएको हो।
यो सेयर खरिदका लागि कुनै पनि व्यक्ति, कम्पनी वा सङ्घसंस्थाले आवेदन दिन सक्नेछन्। सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। बोलपत्र पेश गर्दा न्यूनतम १०० कित्ता र अधिकतम मागअनुसार कित्ताका लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ।
लगानीकर्ताले प्रभु क्यापिटलको कमलादीस्थित कार्यालय वा प्रभु बैंकका विराटनगर, पोखरा, वीरगञ्ज, हेटौडा, बुटवल, सुर्खेत र धनगढी शाखाबाट बोलपत्र पेश गर्नुपर्नेछ।
बोलपत्र पेश गर्ने अन्तिम मिति मंसिर ३ गते तोकिएको छ।
