काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले करिब दुई महिनादेखि स्थगित प्राथमिक सेयर निष्कासन (आईपीओ) को स्वीकृति प्रक्रिया पुनः सुरु गरेको छ।
कर्मचारी आन्दोलन समाप्त भएपछि बोर्डको नियमित कामकारबाही सुचारु भएको हो। योसँगै लामो समयदेखि पाइपलाइनमा रहेका कम्पनीहरूको आईपीओ निष्कासन प्रक्रिया अघि बढेको छ।
मंगलबार सोलु हाइड्रोपावर लिमिटेडले धितोपत्र बोर्डबाट आईपीओ निष्कासनको अनुमति प्राप्त गरेको छ। बोर्डले कम्पनीलाई प्रतिकित्ता १०० रुपैयाँ दरका २ करोड कित्ता साधारण सेयर निष्कासन गर्न स्वीकृति प्रदान गरेको हो।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ र हिमालयन क्यापिटल रहेका छन्।
