काठमाडौं – नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ५ अर्ब ५२ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा १३.९८ प्रतिशतले वृद्धि भएको हो। गत वर्ष कम्पनीले ४ अर्ब ८५ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।
बीमाशुल्कमा भएको वृद्धिसँगै कम्पनीको नाफामा पनि सुधार देखिएको छ। यस त्रैमासमा कम्पनीले १४ करोड ८ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको १३ करोड ८३ लाख रुपैयाँको तुलनामा १.८१ प्रतिशतले बढी हो।
यो अवधिमा कम्पनीको कुल आम्दानी ७ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ भने कुल खर्च ६ अर्ब ९६ करोड रुपैयाँ कायम भएको छ। दाबी भुक्तानी पनि ५ अर्ब ४८ करोडबाट बढेर ६ अर्ब ५ करोड रुपैयाँ पुगेको छ।
कम्पनीले सेयर प्रिमियममा २ करोड ७८ लाख रुपैयाँ छुट्याएको छ। रिटेन्ड अर्निङ ५१ करोड १ लाखबाट बढेर ६३ करोड ८० लाख रुपैयाँ पुगेको छ भने महाविपत्ति कोष ६८ करोड १३ लाख रुपैयाँ रहेको छ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी १०.३० रुपैयाँ, प्रतिसेयर नेटवर्थ १३१.५४ रुपैयाँ र मूल्य–आम्दानी अनुपात ५६.११ गुणा कायम भएको छ।
