Logo

Oct 22 2026 | २०८३, कात्तिक ६गते

images

मकर जितुमाया सुरी हाईड्रोपावर लिमिटेडको खुद नाफामा करिब ५० प्रतिशतको कमी

मकर जितुमाया सुरी हाईड्रोपावर लिमिटेडको खुद नाफामा करिब ५० प्रतिशतको कमी

अर्थ प्लस
मकर जितुमाया सुरी हाईड्रोपावर लिमिटेडको खुद नाफामा करिब ५० प्रतिशतको कमी

काठमाडौं – मकर जितुमाया सुरी हाईड्रोपावर लिमिटेडको खुद नाफामा उल्लेख्य गिरावट आएको छ। चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म कम्पनीले २ करोड ८० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४९.९५ प्रतिशतले कम हो। गत वर्ष कम्पनीले ५ करोड ६१ लाख रुपैयाँ नाफा कमाएको थियो।

समीक्षा अवधिमा विद्युत् बिक्रीबाट कम्पनीको आम्दानी १२ करोड ७७ लाख रुपैयाँ कायम भएको छ, जुन अघिल्लो वर्षको तुलनामा ७.२७ प्रतिशतले घटेको हो।

यो अवधिमा प्रशासनिक तथा अन्य सञ्चालन खर्च २२ लाख १३ हजारबाट बढेर १ करोड ८५ लाख रुपैयाँ पुगेको छ भने कर्मचारी खर्च ४९ लाख ३२ हजारबाट बढेर ५३ लाख ३४ हजार रुपैयाँ भएको छ। वित्तीय खर्च भने ४ करोड ७५ लाखबाट घटेर ४ करोड ६४ लाख रुपैयाँमा सीमित भएको छ।

कम्पनीको रिटेन्ड अर्निङ ६ करोड ९ लाख रुपैयाँ रहेको छ। कुल चालु सम्पत्ति १३ करोड ८ लाख र चालु दायित्व ३० लाख २३ हजार रुपैयाँ कायम भएको छ।

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ३.७० रुपैयाँ, प्रतिसेयर नेटवर्थ १०८.०२ रुपैयाँ र रिटर्न अन इक्विटी ३.४८ प्रतिशत रहेको छ।

सम्बन्धित समाचार