Logo

Oct 22 2026 | २०८३, कात्तिक ६गते

images

युनाइटेड इदी मर्दी आरबी हाइड्रोपावर लिमिटेडको आम्दानीमा ४.६७ प्रतिशत गिरावट : खुद नाफामा २४ प्रतिशतको कमी

युनाइटेड इदी मर्दी आरबी हाइड्रोपावर लिमिटेडको आम्दानीमा ४.६७ प्रतिशत गिरावट : खुद नाफामा २४ प्रतिशतको कमी

अर्थ प्लस
युनाइटेड इदी मर्दी आरबी हाइड्रोपावर लिमिटेडको आम्दानीमा ४.६७ प्रतिशत गिरावट : खुद नाफामा २४ प्रतिशतको कमी

काठमाडौं – युनाइटेड इदी मर्दी एण्ड आरबी हाइड्रोपावर लिमिटेडको आम्दानीमा गिरावट आएसँगै नाफामा पनि कमी देखिएको छ। चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म कम्पनीले विद्युत् बिक्रीबाट ६ करोड ३३ लाख रुपैयाँ आर्जन गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ४.६७ प्रतिशतले कम हो।

यो अवधिमा कम्पनीको खुद नाफा २४.६९ प्रतिशतले घटेर २ करोड ६५ लाख रुपैयाँ कायम भएको छ।

कम्पनीको कुल सञ्चालन खर्च ८७.३३ प्रतिशतले बढेर १ करोड ५७ लाख रुपैयाँ पुगेको छ भने गैर–सञ्चालन खर्च २ करोड २७ लाखबाट घटेर २ करोड १० लाख रुपैयाँमा सीमित भएको छ।

कम्पनीको चुक्ता पूँजी ४६ करोड ८ लाख रुपैयाँ रहेको छ भने रिजर्भ कोष ५ करोड ४० लाख रुपैयाँ कायम भएको छ।

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) २३.०८ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १११.७३ रुपैयाँ र मूल्य–आम्दानी अनुपात २३.२८ गुणा रहेको छ।

सम्बन्धित समाचार