Logo

Oct 22 2026 | २०८३, कात्तिक ६गते

images

सिद्धार्थ प्रिमियर इन्स्योरेन्स पौने ३० करोड घाटामा, इपीएस –४२.५५

सिद्धार्थ प्रिमियर इन्स्योरेन्स पौने ३० करोड घाटामा, इपीएस –४२.५५

अर्थ प्लस
सिद्धार्थ प्रिमियर इन्स्योरेन्स पौने ३० करोड घाटामा, इपीएस –४२.५५

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २९ करोड ८५ लाख ४१ हजार रुपैयाँ घाटामा गएको छ। गत आवको सोही अवधिमा भने कम्पनीले ६ करोड ४० लाख रुपैयाँ नाफा कमाएको थियो।  

‘जेनजी आन्दोलन’का कारण ठूलो बीमा दाबी परेपछि कम्पनीको दायित्व बढ्दा करिब ३० करोड रुपैयाँ घाटा भएको हो।  

असोज मसान्तसम्म कम्पनीले ७४ करोड ८१ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा १४७.२३ प्रतिशतले बढी हो। गत आवको पहिलो त्रैमासमा ३० करोड २६ लाख रुपैयाँ मात्र भुक्तानी गरेको थियो।  

यसैगरी, कम्पनीको व्यवसाय पनि खुम्चिएको छ। असोजसम्म ३० करोड ९० लाख रुपैयाँ प्रिमियम संकलन भएको छ, जुन गत वर्षको तुलनामा १०.९८ प्रतिशत कम हो। अघिल्लो वर्ष सोही अवधिमा ३४ करोड ७१ लाख रुपैयाँ प्रिमियम आएको थियो।  

२ अर्ब ८० करोड रुपैयाँ चुक्तापूँजी रहेको कम्पनीको बीमा कोषमा १२ अर्ब ५ करोड रुपैयाँ सञ्चित छ भने रिटेन्ड अर्निङ ७२ करोड ८८ लाख रुपैयाँ छ।  

कम्पनीको प्रतिसेयर आम्दानी ४२.५५ रुपैयाँ ऋणात्मक छ। प्रतिसेयर नेटवर्थ २६५.३३ रुपैयाँ, पीई रेसियो १४.९२ गुणा ऋणात्मक र तरलता अनुपात १.४६ प्रतिशत रहेको छ।

सम्बन्धित समाचार